बागलुङमा सम्झौताको १० महिनापछि सडक कालोपत्र गरिँदै
काठमाडौं । बागलुङमा सम्झौताको १० महिनामा विश्व बैंकको सहयोगमा सडक कालोपत्र थालिएको छ ।
बागलुङ नगरपालिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो । नगरका तीन सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ । ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको छ ।
स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो ।


प्रतिकृया दिनुहोस्