आईपीएलमा बटलर, बेथेल र जयाक्सले यस सिजनको प्ले अफ गुमाउने
काठमाडौं । जोस बटलर, ज्याकोब बेथेल र विल जयाक्सले यस सिजनको आईपीएल प्ले अफ गुमाउने भएका छन् ।
भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि इंग्ल्याण्डका यी खेलाडीले भारत छाडेका थिए । आईपीएलको नयाँ तालिका सार्वजनिक भएपनि उनीहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आईपीएलको प्ले अफ गुमाउने पक्का भएको हो ।
रोयल च्यालेन्जर बंगलोरका बेथेलले अबको दुई खेल खेल्ने छन् । यसपछि उनी एक दिवसीय खेलका लागि देश फर्कने छन् । बटलर र ज्याक्स पनि आईपीएल खेल्न भारत फर्केपछि प्ले अफ गुमाएर इंग्ल्याण्ड नै पुग्ने छन् ।


प्रतिकृया दिनुहोस्