अवकाश प्राप्त सरकारी कर्मचारीको कुलिङ पिरियड दुई वर्ष

काठमाडौं । अवकाश प्राप्त सरकारी कर्मचारीहरूको कुलिङ पिरियड दुई वर्ष राखिने भएको छ ।
गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका सांसदले कुलिङ पिरियड दुई वर्ष राख्नु उचित हुने बताउँदै आएका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले भने एक वर्ष राख्नुपर्ने बताएको थियो । एमाले लचक भएपछि सरकार दुई वर्ष कुलिङ पिरियड राखेर जाने सरकार सहमत भएको हो ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड दुई वर्ष राखेर जाने गृहमन्त्री लेखकको प्रस्ताव रहेकोछ । सरकार दुई वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।
प्रतिकृया दिनुहोस्