लखनउ आइपिएलको प्लेअफको दौडबाट बाहिरियो
काठमाडौं । लखनउ सुपर जाइन्ट जारी आइपिएलमा प्लेअफको दौडबाट बाहिरिएको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्स हैदरावादसँग ६ विकेटले हारेसँगै लखनउ प्लेअफको दौडबाट बाहिरिएको हो । लखनउले दिएको २०६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ५९, हेनरिक क्लासेनले ४७ रन, इशान किशनले ३५ रन र केमिन्दु मेन्डिसले ३२ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ६५ र एडन मार्क्रमको ६१ रनको सहयोगले ७ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।
यो खेलपछि लखनउसँगै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।त्यसैगरी गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स प्लेअफमा पुगेका छन् । त्यस्तै एक स्थानको लागि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धामा रहेका छन् ।


प्रतिकृया दिनुहोस्