चुनाव हारेका गभर्नर बने भन्दै शाहीद्वारा पौडेलविरुद्व कटाक्ष प्रहार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर डा.विश्व पौडेलका प्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै राप्रपाका प्रवक्ता समेत रहेका शाहीले चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने भन्दै कटाक्ष गरेका हुन् । उनले अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने। चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने भन्दै व्याङ्ग्य गरेका छन् ।
पौडेललाई मंगलबार बसको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त गरेको थियो । उनी प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन् । उनी पछिल्लो संसदीय निर्वाचनमा चितवन–१ बाट नेपाली कांग्रेसको उम्मेदवार बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित भएका थिए । उनी तेस्रो भएका थिए ।


प्रतिकृया दिनुहोस्