आज चारवटा संसदीय समितिका बैठक बस्दै

आज चारवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधिसभाको अर्थ समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आज बिहान ११ बजे बस्ने सार्बजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरी उपर छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ः३० बजे शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद व्यवस्थापन विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

लोकप्रिय