नजिकिदै मनसुनः काठमाडौँका खोला तथा नदी किनारमा विपद्को जोखिम
वसन्त भण्डारी
काठमाडौँ । यो वर्षको मनसुन नजिकिदै गर्दा प्रत्यक वर्ष जस्तै काठमाडौँ उपत्यकामा पनि विपद्को त्रास बढ्दै गएको छ । देशको संघीय राजधानी जस्तो ठाउँ भएपनि यहाँका नदी किनार, ढल तथा सडक व्यवस्थापन नहुँदा सडकमै बाढि आउने, सडक किनार क्षेत्र वरपर डुबान हुने पाइएको छ । सडकको दायाँ बायाँ क्षेत्रमा ढल निकास नहुँदा ढबानको समस्या बर्षौँ देखि देखिरहेको छ । गत वर्ष असोजमा आएको बाढिले दर्जनौँ जनधनको क्षति पुर्याएको थियो ।
यसरी संघीय राजधानीमा वर्षेनी आउने बाढि पहिरोका कारण दर्जनौँले ज्यान गुमाउने गरे पनि त्यसको न्यूनिकरण हुन सकेको छैन् । उचित ढल निकास, बाग्मती, विष्णुमती, धोबी खोला लगायतका नदी तथा खोल किनार व्यवस्थित हुन सकेका छैनन् । अझ त्यसैमा अव्यवस्थित रुपमा मानव बसोबासले त्यसलाई बढवा दिँदै आएको छ । नदी निकारका बासिन्दाहरु वर्षायाम सुरु भए संगै त्रासपूर्ण अवस्थामा बस्न बाध्य छन् ।
तथ्याङ्क अनुसार काठमाडौँ जिल्लामा मात्रै पछिल्लो १) बर्षमा भारी वर्षा, पहिरो, बाढि र डुबानका १(२ वटा घटना घटेका छन् भने जसमा परी ६) जनाको मृत्यु भएको छ । त्यसमा सबै भन्दा धेरै बाढिका ७७ वटा घटनामा परी २८ जनाको मृत्यु भएको हो । उक्त विपद्मा परी ५८ जना घाइते भएका छन् भने २४ वटा घर पूर्ण रुपमा नष्ट भएका छन् । बाढि पहिरोका कारण २५६ वटा घरमा प्रत्यक्ष असर पारेको छ भने ३५ भन्दा बढि पशुबस्तुहरुको नष्ट भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, काठमाडौँले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौँमा सबै भन्दा बढि बाढिको जोखिम रहेको छ । थापाथली, मनोहरा खोला, कालिमाटी, बिष्णुमती, चोभार लगायतका क्षेत्रमा बाढिको धेरै जोखिम छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, काठमाडौँले मनसुन नजिकिए संगै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २)८२’ कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । मनसुन सुरु हुनु पूर्व नै पूर्वतयारी तथा प्रतिकार्य योजना २)८२ को मस्यौदालाई अन्तिम रुप दिनका लागि सल्लाह सुझाव संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए । उनले आगामि २ दिन भित्रमा थप सुझाव सल्लाह भएमा पठाउन आग्रह समेत गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सम्पूर्ण क्षेत्रको सल्लाह सुझावलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने बताए । उनले उद्धार तथा पूर्व अभ्यास गर्ने, तिन तहकै सरकारसंग समन्वय गरेर आगामी योजनाहरु बनाइरहेको बताए । विशेष गरी काठमाडौँको बागमती नदी, धोबी खोला, मनोहरा खोला, विष्णुमति नदी किनारमा बाढी जोखिम धेरै हुने भएकाले अहिले देखि नै सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
जसको लागि पूर्व सूचना प्रर्णालीको विकास गर्ने, जोखिमपूर्ण बस्तीलाई व्यवस्थित रुपमा स्थानान्तरण गर्ने, टोल टोलमा सचेतना मुलक कार्यक्रम गर्ने, विपद् व्यवस्थापन सम्बन्धी एउटा सर्कल नै विकास गर्ने कार्यमा लागिरहेको बताए । साथै उनले गत असोजमा आएको बाढी र उद्धारबाट पाठ सिक्दै आगामि दिनमा थप रणनीति तयार पारीरहेको बताए ।
काठमाडौँ उपत्यकामा संगै देशैभर वर्षायाम नजिकिए संगै विपद्को जोखिम बढ्दै गएको छ । विशेष गरी तराईमा बाढि, पहाडमा पहिरोको जोखिम बढिरहेको छ । राजमार्गमा हुने जोखिम व्यवस्थापनको लागि विशेष जोड दिएको बताइएको छ । नेपालमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २)१८–२)३), विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन तथा नियमावली, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २)७५, राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचा, २)७) र स्थानीय सरकार सञ्चालन ऐन २)७४ लगायतका विभिन्न कार्यविधि, मापदण्ड, कार्ययोजना रहेका छन् । तर पनि कतिपय अवस्थामा तिन तहका सरकार बिच तालमेल नमिल्दा विपद् उद्धारमा सरकार चुक्ने गरेको छ । त्यसैले तिन तहका सरकार बिचको समन्वयमा जोखिमलाई न्यूनिकरणको लागि पूर्ण तयारीलाई जोड दिनुपर्ने स्थानीयको माग रहेको छ । ‘प्रत्येक बर्ष जस्तै यो वर्ष पनि मनसुन सुरु भए संगै जोखिम बढ्नेछ । काठमाडौँ उपत्यका जस्तो क्षेत्रमा त्रासपूर्ण वातावरणमा बस्नुपर्ने अवस्था छ,’ काठमाडौँ कोटेश्वरका स्थानीय सुमन महर्जनले भने, ‘राजधानी जस्तो क्षेत्रमा किन यहाँका खोला, नदी किनारको उचित व्यवस्थापन हुन सकेको छैन । यसमा राज्यको गम्भिर लाप्रवाही देखिन्छ । फोहोरले जमेका सडक किनारमा नियमित सरसफाई नहुँदा सामान्य वर्षामै बाढिको जोखिम छ ।’
विगत केही दर्शक यता राज्य शक्तामा बसेकाहरुबाटै यहाँका प्राकृतिक सम्पदाको चरम दोहन हुँदा आज यो अवस्था आएको आरोप लगाए । प्रकृति माथि चरम दोहन हुँदा आज यहाँका खोला, नदीले आफ्नो अस्थित्व खोज्दै हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । पछिल्लो केहि वर्ष यता आफुहरु निरन्तर बागमती सरसफाईमा लागेपनि राज्यले व्यवास्था गर्दा उचित प्रतिफल आउन नसकेको बताए ।


प्रतिकृया दिनुहोस्