डेम्बेले बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी
काठमाडौं । पीएसजीका फरवार्ड ओसमान डेम्बेले यस सिजनको युइएफए च्याम्पियन्स लिगको ‘प्लेयर अफ द सिजन’अर्थात उत्कृष्ट खेलाडी बनेका छन् ।
डेम्बेलेले पिएसजीलाई क्लबको इतिहासकै पहिलो च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । २८ बर्षिय डेम्बेलेले यस सिजनको च्याम्पियन्स लिगमा पिएसजीका लागि ८ गोल र ५ असिस्ट गरेका थिए । पिएसजीले फाइनलमा इन्टर मिलानलाई ५–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।


प्रतिकृया दिनुहोस्