पाली मृत्यृ प्रकरणमा सई पक्राउ

पाली मृत्यृ प्रकरणमा सई पक्राउ

धनगढी । कारागारमा एकजना कैदीको रहस्यमयी मृत्यृ भएपछि मृत्तकको आफन्तले शव बुुझ्न मानेका थिएनन् । मृत्तक व्यक्ति डडेल्धुरा भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरि सिंह पाली रहेका थिए । उक्त घटनालाई लिएर अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत (सई) हरजीत नाथलाई पक्राउ गरिएको छ ।

बुधबार पालीकी श्रीमती जानकी साउदले कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन् । पछि प्रहरीले जाहेरी सच्याउन आग्रह गरेपछि बिहीबार पुनः जाहेरी दिंदै सई नाथलाई मात्र प्रतिवादी बनाइएको थियो । उनले कारागारभित्र योजना बनाएर पतिको कुटपिट गरी हत्या गरेको आरोप लगाएकी थिइन् ।

मृतक पाली नाथद्वारा दायर बैंकिङ कसुरसम्बन्धी मुद्दाका प्रतिवादी भएका कारण जिल्ला अदालतले २०८० साल फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

पाली डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका थिए भने कैलाली प्रहरीले ३० गते धनगढी ल्याएपनि शनिबार परेकाले उनलाई असार १ गते मात्र अदालतमा पेश गरेता पनि उनलाई सोही दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले पीडित पक्षको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेपछि मृतकको परिवारले शव बुझ्न तयार भएको बताइएको छ।

मृत्तक पांली असार २ गते राति साढे १० बजे बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका थिए । उनको सोही राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । शरीरमा चोटपटक देखिएकाले परिवारले योजनाबद्ध हत्या भएको दाबी गर्दै आएको छ।

उक्त घटनाको छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

लोकप्रिय