वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध

वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । वर्खाको समयमा बर्षा शुरु भएसँगै प्रमुख सडकहरु अवरुद्ध भइरहेका छन् । नेपाल प्रहरीका शुक्रबार बिहानको अपडेट अनुसार हाल देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा आइरहेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशीस्थित लार्चामा पहिरो जादा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध छ भने नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को विनयी खोलाको डाइभर्सन बाढीले बगाउदा सडक दुई तर्फी अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को बुलिनटार—१ बतासे डाँडामा पहिरोले कालिगण्डकी कोरिडोर पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

पहिरोले दाङको तुलसीपुरस्थित दाङ सल्यान सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । सल्यानको कपुरबोट—३ स्थित राप्ति राजमार्ग पनि पूर्ण रुपमा अवरुद्द रहेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी—१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर एकतर्फी संचालनमा आएको छ । जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा छ । गुल्मीको कालिगण्डकी कोरिडोर, म्याग्दीको बेनी—जोमसोम सडक, मकवानपुरको त्रिभुवन राजपथ र धनकुटाको रवि राके भेडेटार सडक एकतर्फी संचालनमा रहेको छ ।

लोकप्रिय