अब घरघरमै स्वाथ्य सेवा

अब घरघरमै स्वाथ्य सेवा

इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरजस्तो गम्भीर रोग भएका व्यक्तिहरूलाई लक्षित गर्दै प्रविधि र विद्यार्थी हितका विविध पक्ष समेटेर घरमै सेवाहरूको विस्तार गरेको छ।

मोबाइल एपमार्फत ओपीडी सेवा र ल्याब रिपोर्ट हेर्न सकिने व्यवस्था छ भने विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष इकाईसमेत गठन गरीएको छ।

प्रशिक्षित चिकित्सक र नर्सको टोलीले अस्पताल आउन नसक्ने अवस्थामा रहेका बिरामीहरूको घरमै गएर आवश्यक उपचार सेवा प्रदान गर्ने भएको छ।

काठमाडौं बाहिर पहिलोपटक धरानबाट सुरु भएको हो । प्रारम्भिक चरणमा धरान उपमहानगरभित्र मात्र उपलब्ध रहने सेवा वापत एक हजार पाँच शुल्क तोकिएको छ भने विपन्न बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइने भएको छ।

बिरामीहरुलाई घरैमा बसेर सामान्य ओपीडी ओपीडी टिकट दर्ता गर्न सक्नेछन् भने सेवा सरल, छिटो, छरीतो बनाउन प्रतिष्ठानले मोबाइल एपको पनि सार्वजनिक गरेको छ।

अब ओपीडी समय, चिकित्सकको टोकन नम्बर र भुक्तानी विवरण थाहा पाउन सकिनुका साथै ल्याब रिपोर्ट एपबाट हेर्न र डाउनलोड गर्न सकिने सुविधा रहेको छ।

प्रतिष्ठानले विद्यार्थीसँग सम्बन्धित विद्यार्थी स्वास्थ्य प्रवर्द्धन इकाई स्वास्थ्य सेवा विस्तारसमेत गरेको छ। यसले विद्यार्थीको शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य, पोषण र तनाव व्यवस्थापन गर्ने आशा रहेको छ ।

व्यायामशाला, खेलकुद, योगा कक्षा, साइकल भाडामा उपलब्ध गराउने, मानसिक परामर्श, हेल्पलाइन सेवा, व्यक्तिगत ‘मेन्टर(प्रिसेप्टर)’ प्रणाली पुनःसञ्चालनमा ल्याउने कार्यक्रम सुरु गरिएको छ।

लोकप्रिय