‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ को मनोनयनमा पौडेल

‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ को मनोनयनमा पौडेल

काठमाडौँ । दृष्टिविहीन व्यक्तिहरूको हकहितका लागि लामो समयदेखि सक्रिय चिरञ्जीवी पौडेल पोल्यान्डको सेन्सा चेन्ज फर द ब्लाइन्ड फाउन्डेसन आयोजक रहेको कार्यक्रममा नेपालबाट ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ का लागि मनोनयनमा परेका छन् ।

विश्वका व्यक्तिहरूको प्रतिनिधित्व रहने कार्यक्रममा उत्कृष्ट छनौटका सेन्सा फाउन्डेसनले भोट गर्न पौडेलले सम्पूर्णमा अपिल समेत गरेका छन्।

पौडेललाई भोटका लागि संस्थाको वेबसाइटमा गएर चिरञ्जीवी पौडेलको नाम टाइप गरेर सेन्ड भोट बटममा क्लिक गर्नु पर्नेछ । पौडेल दृष्टिविहीन व्यक्तिहरूको सशक्तिकरणमा समर्पित निजी सामाजिक व्यवसाय सिङ ह्यान्डस् नेपाल २०१० देखि स्थापना गरी दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिहरुलाई सीप विकास तथा रोजगारका अवसरहरू सिर्जना गर्दै आएको उद्यम हो ।

पौडेल यसैका संस्थापक हुन् । पौडेल आफैँ पनि दृष्टिविहीन छन् । संस्थाले २०१२ मा सूर्य नेपाल आमा सामाजिक उद्यमी सम्मान समेत प्राप्त गरेको छ । संस्थाले हालसम्म ३० दृष्टिबिहिनका लागि मसाज थेरापीको तालिम दिई रोजगारी प्रदान गरिसकेको छ ।

यस योगदानको उच्च मूल्याङ्कन स्वरूप उनलाई ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ का लागि मनोनयनमा पारिएको हो ।

लोकप्रिय