सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको घोषणा

सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको घोषणा

 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छिन् । मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको सन्दर्भमा भण्डारीले सो कुरा बताएकी हुन् ।
जन्मजयन्तीको सन्दर्भमा आयोजित विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले गर्नुभएको सम्बोधनको पूर्णपाठ
विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति मदनभण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी,
कार्यक्रमका प्रमुख अतिथ सम्माननीय प्रधानमन्त्री, मदन भण्डारी फाउण्डेशनका संरक्षक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ज्यु ।
पूर्व उप–प्रधानममन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल ज्यु ।
नेकपा (एमाले) का उपाध्यक्षहरु सहित सम्पूर्ण पदािधकारी यू,
नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ता ,सञ्चारकर्मीहरु,
यहाँ उपिस्थत सम्पूर्ण ददीबिहनी तथा दाजुभाइहरु ।
आज २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती ! यदि उहाँ अहिलेसम्म जिवित हुनुभएको भए आज उहाँको उमेर ७४ वर्षको हुनेथियो ।
उहाँका युगान्तकारी विचार र ऐतिहाँसिक योगदान प्रति गहिरो सम्मान प्रकट गर्दै सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्न उहाँको दुरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिवद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नुपर्दछ ।
अन्यथा, जननेताद्वारा प्रतिपादित नवीन सिद्धान्त अनुरुपको सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रिया सफल पार्ने उदेश्यले बाटो विराउनेछ र उहाँको सपना अधुरै रहनेछ ।
आजको यस कार्यक्रमका सन्दर्भमा म जननेताप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गदछु । साथै, मदनका सपनाहरु साकार पार्ने दिशामा अग्रसर तपाईहरुको साथमा म आफूपनि सँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।
जननेताको जन्म जयन्तीको सन्दर्भपारेर आजका मदन मदन भण्डारी फाउण्डेशनले ‘जबजका तीन दशक’ शीर्षकमा विचार गोष्ठीसहित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह आयोजना गरेकोमा सराहना गर्दै यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । मदन जयन्तीका सन्दर्भमा मुलुकभर भइरहेका विविध कार्यक्रममहरुको भव्य सफलताको लागि समेत शुभेच्छा दिन चाहान्छु ।
म आफैँ संस्थापक रहेको मदन भण्डारी फाउण्डेशनले आफ्नो स्थापनाका २६ वर्ष पूरा गरेको छ ।
कुनै पनि व्यक्तिको युवावयर्म निधन हुनु र उसको नाममा संस्था स्थापना गरेर सञ्चालन गर्नुपर्ने परिस्थित आउनु असाध्यै दुःखको विषय हो ।
विडम्बना ! नेपालका एक विचारक जसले मुलुकका निम्ती नयाँ विचार जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्नुभयो, त्यसलाई आफ्नो पार्टीको पाँचौँ राष्ट्रिय महािधवेशनबाट पारित गराउनुभयो, त्यसमाथि छिमेकी मुलुक भारत तथा चीनको भ्रमण गरेर अन्तराष्ट्रिय जगतमा विमर्श चलाउँद हुनुहुन्थ्यो र मुलुकमा कम्युिनष्ट आन्दोलनको विकास तथा विस्तारका निम्ति सघन रुपमा कार्यक्रममा सहभािग हुँदै जनता एव पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तीव्र पार्दै
हुनुहुन्थ्यो, यस्तै राजनीितक व्यस्तताका बीच उहाँ सवार जीप २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा प¥यो र उहाँले आफ्नो जीवन गुमाउनु प¥यो ।
मदन भण्डारी फाउण्डेशनको यात्रा यस्तै दुख र पीडाका बीचबाट सुरु गर्न परेको थियो ।
मदन भण्डारी फाउण्डेशनलाई एउटा संस्थाका रुपमा भन्दा पनि जननेताका विचारलाई देशभर फैलाएर त्यसलाई स्थािपत गराउने र देशमा सामािजक–आर्थिक समृिद्व हाँसिल गर्न एउटा अभियानको रुपमा म परिभािषत गर्न चाहान्छु ।
यो फाउण्डेशनको यस्तो अभियान जारी रािखरहनुपदर्छ भन्ने मेरो गहिरो विश्वास समेत रहेको छ ।
यो अिभयानका साक्षी र पहलकर्ता यहाँ उपस्थित धेरै हुनुहुन्छ भने नवपुस्ताले समेत सञ्चार माध्यमबाट जानकारी लिएकै होला भन्ने मैले अपेक्षा लिएको छु ।
यस संस्थालाई आज एउटा प्रतिष्ठित सामािजक संस्थाको रुपमा र पवित्र उदेश्य लिएको अविचलित अभियानकर्ताका रुपमा विकास गराउन महत्वपूर्ण भूिमका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा श्री केपी शर्मा ओलीसिहत नेकपा (एमाले) का नेता तथा कार्यकर्ताको योगदानको म सराहना गदछु ।
साथै, यस अभियानमा साथ दिने आम जनता, लब्ध प्रतिष्ठित व्यक्ति, सञ्चाारजगत लगायत सबैको प्रशंसा गर्दै भविष्यमा पनि विगतमा झैँ सहयोग प्राप्त गर्ने अपेक्षा लिएको छु ।
जननेताको निधनले पार्टीको वैचारिक निरन्तरता र नेतृत्व विकासमा अस्थायी झड्का पुर्याएपनि शोकलाई शक्तिमा बदलेर नेकपा (एमाले) ले जबजलाई क्रान्तिको कार्यक्रम तथा मार्गदर्शक सिद्धान्तको रुपमा थप समृद्ध पार्दै यसकै आलोकमा आज आफूलाई मुलुकको राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सक्षम भएको छ ।
जबजले अवलम्बन गरेका राजनीितक, आर्थिक तथा सामािजक–सांस्कृतिक नीति, दृष्टिकोण र साँेच अन्तरगत नै बितेका तीन दशकमा नेपालको राजनीित, अर्थतन्त्र र समाज लाभान्वित बनेर सकारात्मक परिणामहरु देखा परेका हुन् ।
यसबीचमा मुलुकमा निरंकुशता लाद्ने दुष्प्रयासलाई निस्तेज पार्न, उग्र वामपन्थी जडसूत्रवादी चिन्तनद्वारा पोषित सशस्त्र द्वन्द्वलाई समाप्त पारेर त्यसलाई शन्तितपूर्ण राजनीितमा ल्याउन र संघीय लोकतािन्त्रक गणततन्त्रलाई निर्वाचनका माध्यमबाट संस्थागत गरिकन यसलाई सुदृढ तुल्याउन नेकपा (एमाले)ले आत्मसात गरेको सिद्धान्तबाट नै सफलता मिलेको हो ।
नेपालको लामो राजनीितक संक्रमणकाललाई समाप्त पारेर मुलुकलाई आर्थिक समृिद्धको मार्गमा अगाडि बढाउन प्रयास भएको यो सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै हो । अहिले नेकपा (एमाले)का अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रुपमा रहको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लािगरहनुभएको छ ।
म यसमा खुसी व्यक्त गर्दै यस अभियानको सफलताको निम्ति शुभकामना दिन चाहान्छु ।
जबज कुनै विदेशी सिद्धान्तको नक्कल होइन, बरु नेपाली जनताको जीवन, सामाजिक संघर्ष, ऐतिहाँसिक सन्दर्भ र भविष्यप्रतिको सामिूहक आकांक्षाबाट उत्पन्न एक नवीन र सृजनात्मक राजनीितक विचार हो ।
त्यसैले, हामी यसलाई नेपाली माटोमा उत्पत्ति र विकास भएको एक मौलिक राजनीितक–वैचारिक सिद्धान्तका रुपमा स्वीकार गदछौ ।
नेपालको माटोमा जन्मेको मौलिक सिद्धान्त जबजको प्रकाशमा मुलुकमा सामािजक–आर्थिक विकासका रुपमा अहिलेसम्म प्राप्त भएको सफलता महत्वपूर्ण भएपनि हाम्रो लक्ष्यको सापेक्षतामा यो आँशिक उपलब्धी हो ।
अझैपिन मुलुकमा वर्गीय असमानता, क्षेत्रीय विषमता, भ्रष्टाचार, जातीय विभेद, लैगिँक असमानता, अवसरवाद र अराजकतावादजस्ता सामािजक, आर्थिक एवं राजनीतिक विकृति र विसंगितहरु यथावत छन् ।
समाजको रुपान्तरणका बाधक यस्ता समस्याहरु अन्त्य नगरी नेपाल समुन्नत बन्न सक्दैन ।
जबजले समाजवादमा पुग्ने मार्गका रुपमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गर्दै विशिष्ट बाटो निर्माण गरेको छ ।
यो माक्र्सवाद आधारित गतिशील विचार हो, जसलाई समय, समाज र चेतना सँगसँगै समृद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता छ । व्यावहारिक प्रयोगको कसीमा खारिँदै यो सिद्धान्त झनझन् सुदढृ हुँदै जानेछ ।
यसर्थ जबज आज पिन मुलुकको सामाजिक–आर्थिक रुपान्तरणका लािग उत्तिकै सान्दर्भिक र दिशानिर्देशक रहेको छ ।
यसका लािग जबजको थप प्रभावकारी कार्यान्वयन र जननेताले देखाउनु भएको राजनीतिक निष्ठा, समर्पण, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहारजस्ता गुणहरुको अनुशरण गरिनु अपरिहार्य छ ।
नेपाललाई एक स्वाधीन र आत्ममनिर्भर अर्थतन्त्र भएको विकिसत राष्ट्र बनाउने सपना साकार पार्न सुशासन प्रति अडिग आस्था, नतिजामूलक कार्यक्रमहरु र जनमुखी व्यवहार जबजको आगामी यात्राका मुख्य आधार बन्नुपर्ने आवश्यकता छ । मुलुकको भविष्यको महत्वपूर्ण आधार आजका बालबािलका, नव–पुस्ता र युवाहरु नै भएकाले उनीहरुलाई आवश्यकता अनुसार गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमिशलता प्रदान गर्नुपर्ने खाँचो छ ।
साथै, विज्ञान र प्रविधिको विकासमा शैक्षिक संस्था र प्राज्ञिक निकायले विशेष ध्यान दिनुपर्दछ ।
विचार र व्यवहारको दूरी कम गर्न, नारा र नतिजाबीचको अन्तर घटाउने अनि भविष्य प्रतिको जनताको विश्वास सुदृढ गर्न अभियान कुनै सामान्य सुधार होइन, बरु यो त जबजलाई युगानुकूल कार्यान्वयन गर्न गहन र ऐतिहासिक जिम्मेवारी हो ।
हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरु भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन् ।
यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दईु मुलुकसँगको हाम्रो सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपदर्छ ।
अब, आजको यस अवसरमा राजनीितक संघर्ष र अभियान सम्बन्धी मेरा केही व्यक्तिगत अनुभव, अनुभूित र प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।
म विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाली विद्यार्थी आन्दोलनको मूलप्रवाह अनेरास्ववियूको सम्पर्कमा रहेँ । र यसमा संगठित भएँ र २०३५÷०३६ को ऐतिहाँसिक विद्यार्थी आन्दोलनदेखि त विद्यार्थी राजनीितमा मेरो सक्रियता झनै सघन हुँदै गयो ।
अनेरास्ववियुका विद्यार्थी किमटीमा आबद्ध भएर क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा स्वतन्त्र विद्यार्थी युिनयनमा निर्वाचित भएर विद्यार्थी हक, हित र अधिकार प्राप्तिको अभियानमा केन्द्रित भएँ ।
त्यसो त तत्कािलन नेकपा(माले) को त्यसबेलाको नीित अन्तरगत अगुवा विद्यार्थी नेता कार्यकर्तालाई पार्टीमा जोडरे लैजाने परिपाटीले मलाई पार्टी राजनीतिमा समेत जोडिसकेको थियो ।
अर्थात्, मुलुकमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लादिएको बेलादेखि नै म सँगसँगै नै अनेरास्ववियु र पार्टीको समेत कार्यकर्ताको रुपमा भूिमका निर्वाह गर्नुपर्ने परिवेशबाट अगािड बढेको थिएँ ।
नेपाली जनताको अथक संघर्षको बलमा २०४६ सालमा प्रापत भएको बहुदलीय राजनीतिक प्रणाली पछिको खुल्ला राजनीतिक वातावरणले व्यक्तिको जिम्मेवारी र भूिमका बहनका सन्दर्भमा बेग्लै परिस्थिति निर्माण भयो । मदनसँगको वैवािहक जीवन, त्यसपछि उहाँसगँको सहयात्रा र नयाँ राजनीतिक परिवेशले मेरो दाियत्व बेग्लै ढँगले अगािड बढ्न खोजिरहेको थियो ।
उहाँको व्यस्त राजनीितक जीवनलाई सहज बनाएर आफू पारिवारिक दाियत्व अलि बढी लिने कुरा परिस्थितिले माग गरेको थियो ।
तर नेकपा (एमाले)का तत्कािलन महासिचव समेत रहनुभएका जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दूर्घटनामा निधन भएपछि मेरो राजनीितक यात्राले अर्कै मोड लिन पुग्यो ।
पार्टीले मलाई विभिन्न जिमेवारी दिने, संसदीय निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि राजनीतिक रुपमा मेरो सक्रियता बढ्दै गयो ।
संसदीय मोर्चा र पार्टीको जिम्मेवारी सँगै बहन गर्नुपर्ने अवस्था सिर्जना भयो ।
नेकपा (एमाले)को उपाध्यक्षको जिम्मेवारी सम्हालिरहकेै परिवेशमा २०७२ सालमा राष्ट्रपतिको लािग हुने निर्वाचनमा पार्टीले मलाई उम्मेदवारको रुपमा प्रस्तुत ग¥यो र म राष्ट्रपतिमा निर्वाचित भएँ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष मैले देश र जनताको सेवामा फरक ढँगले क्रियाशील हुनुपर्ने अवस्था बन्यो ।
त्यस जिम्मेवारीमा रहँदा मैले देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेँ र मेरो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम गँिरन ।
यो किताबको खुल्ला पाना जस्तै छर्लङ्ग छ ।
पार्टीको विश्वासका कारणले नै म त्यो गरिमामय जिम्मवोरीमा पुन सफल भएको हुँ ।
यसका निम्ति र पार्टी नेतृत्व र सिंगो पार्टी परिवारलाई पुनः धन्यवाद समेत दिन चाहान्छु ।

आफ्नो मातृभूिम र जनताको फरक ढँगले सेवा गर्नुपर्ने दायित्वबाट म बािहर आएको दुई वर्ष बढी भएको छ ।
यसबीचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामािजक–आर्थिक विकासका बारेमा जनतासँग अन्तरक्रिया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ र विशेषज्ञहरुसँग भेटघाट गरेको छु ।
मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामािजक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो ।
त्यसैले, यस गहन दाियत्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ ।
म राष्ट्रपतिको भूिमकाबाट बािहर आएदेखि र अलि पछि त सघन रुपमा नै भविष्यमा मेरो सामािजक तथा राजनीितक जीवनको बारेमा सञ्चारजगत र पार्टीको कार्यकर्ता पंिक्तबाट समेत चासो राखेको पाएको छु ।
सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरा बारेमा चर्चा परिचर्चा भइरहेको देखेको छु र पढेको छु ।
सार्वजनिक सरोरकारका यी विषयहरु मैले गहन रुपमा चिन्तन–मनन गरेको छु । अनि एउटा निष्कर्षमा समेत पुगेको छु ।
त्यस विषयलाई आज मैले यहाँ स्पष्ट पार्नुपर्दछ भन्ने मलाई लागेको छ ।
जननेता मदन भण्डारीको अवसानबाट पार्टी र म समेत सिँगो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौको संसदीय उप–निर्वाचनमा प्रतिस्पर्धी बनायो ।
यस राजनीितक घटनाले मेरो पहिलो जन्म आमा–बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रुपमा काठमाडौका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ ।
जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ

जनताको छोरीको रुपमा मैले सोही बेला देखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ ।
देशभक्त, राष्ट्रवादी र गतिशील पार्टी भएकाले नै म विद्यालय तहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले)मा आबद्ध भएर सामाजिक–आर्थिक रुपान्तरण अभियानमा आबद्ध भएकै हुँ ।
वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्न अठोट गरिसको थिएँ ।
फरक ढँगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीितक यात्रालाई निरन्तरता दिने पवित्र उदेश्यलेका साथ मैले पार्टी सदस्यता नविकरण गरेको छु ।
अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गदछु ।
मेरो कुनै विशिष्ट महत्वाकाक्षा छैन ।
देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो–जनता भनेका भगवान् हुन् ।
साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।

आज तपाईहरुका बीचमा हुँदा मदनका यी भनाईहरु मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।
व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीितक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीितक उतार चढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् थप परिपक्क समेत बनाएका छन् ।
मलाई जस्र्त विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ ।
समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसाथ गरेर सयमतापूर्वक अग्रसर हुनुपर्दछ ।
सदा झैँ सबैको सधैँ भरि माया र विश्वास पाइरहुँ ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामािजक–आर्थिक रुपान्तरण गर्न दाियत्व बाँकी नै रहेको छ ।
यस्तो महत्वपूर्ण दाियत्व पूरा गर्नका लािग नेपाली कम्युिनष्ट आन्दोलनको मूल प्रवाहको रुपमा विकिसत नेकपा (एमाले) सक्षम हुनेछ र निर्णयक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामू एक समुन्नत राष्ट्रको रुपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास लिएको छु ।
धन्यवाद ।

लोकप्रिय