लाओसको पोष्टमा गोलको वर्षा, नेपाल ९–० ले विजयी, साम्बा एक्लैले गरिन ५ गोल
काठमाडौं । कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९–० को फराकिलो जित हात पारेको छ ।
उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।
नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ५ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १/१ गोल गरिन ।
पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछ ।


प्रतिकृया दिनुहोस्