सांसद चौधरीलाई आइकोनिक वुमन अवार्ड

सांसद चौधरीलाई आइकोनिक वुमन अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय महिला संसदले यूएईमा आयोजित विशेष समारोहमा एमाले सांसद भगवती चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरेको छ । उनी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित भएकी हुन् ।

महिला अधिकारका विषयलाई सदन र महिला समुदायमाझ प्रभावकारी रूपमा उठाउँदै लाखौँ महिलालाई उद्यमशीलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट प्रदान गरिएको हो । प्रोजेक्ट १०० का अध्यक्ष म्कोनडिवा तथा अन्तर्राष्ट्रिय महिला संसदकी अध्यक्ष मनिता घिमिरेले आइकोनिक वुमन अवार्डबाट सम्मान गरेका हुन्।

अन्तर्राष्ट्रिय महिला संसद एक प्रतिष्ठित विश्वव्यापी मञ्च हो, जो ५० भन्दा बढी देशका विशिष्ट नेता, नीतिनिर्माता, उद्यमी, दूरगामी सोच र लक्ष्य भएका व्यक्तिलाई एकताबद्ध गर्दै संवाद प्रवर्द्धन, महिला सशक्तिकरण र समावेशी तथा प्रगतिशील भविष्यको मार्ग प्रशस्त गर्दै अगाडि बढीरहेको छ ।

लोकप्रिय