लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखरा । लेकसाइडका ३ स्पा सेन्टरहरुबाट ८ बालिकाको उद्धार गरिएको छ । कास्की प्रहरी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले लेकसाइडका ३ स्पा सेन्टरहरुबाट ८ बालिकाको उद्धार गरेको हो।

स्पा सेन्टरहरूबाट १८ बर्ष मुनिका बालिकाहरुलाई उद्दार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पर्सल्यान स्पा र ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट २÷२ तथा ईभेन्डर ब्युटि एण्ड स्पाबाट ४ बालिकाको उद्दार गरिएको बस्नेतले बताए ।

बाल श्रम ऐन विपरित जोखिम पूर्ण व्यवसायमा लगाउने स्पा सेन्टरलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय पोखरा कास्कीमा पठाइएको छ। उद्दार गरिएका बालिकालाई समेत श्रम तथा रोजगार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

लोकप्रिय