दुर्घटनामा परी घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु
काठमाडौं । धादिङमा गत ९ गते क्रेन दुर्घटना भई घाइते भएका एक जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा क्रेनमा सवार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने ३३ वर्षीय जयराम तिमिल्सिना रहेका छन् ।
१८ गते बिहान ३ः४० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत असार ९ गते साँझ करिब ५ बजे धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ६ गोलाङटारमामा बा २ ख ६४९० नम्बरको क्रेन आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा चालक, राजु बिडारीसहित चार जना घाइते भएका थिए । मकवानपुरको थाहा नगरपालिका ६ बस्ने चालक बिडारीलाई धादिङबेसी अस्पतालमा उपचारपछि डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रतिकृया दिनुहोस्