मानसरोवर जाने यात्रीको संख्यामा वृद्धि
काठमाडौं । कोरोना महामारी पछि कुनैपनि तीर्थस्थल लगायत विभिन्न ठाउँमा आवातजावात गर्न रोक लगाईएको थियो । पछिल्लो समयमा भने मानसरोवर कैलाशमा दर्शन गर्ने मानिसहरुको चाप बढीरहेको पाइन्छ । विगत चार महिनादेखी ५४६ जना भारतीय तीर्थयात्रीहरूले मानसरोवर कैलाश दर्शन गरीसकेका छन् ।
हुम्लाको हिल्सा नाका पाँच वर्षदेखि कोरोना महामारीले बन्द हुँदा अन्त्राष्ट्यि तीर्थयात्री आउजाउ बन्द थियो । हाल भने चीनले हिल्सा नाका खुल्ला गरेपछि सिमीकोट विमानस्थलस्थल हुँदै हिल्सानाकाबाट २४८ महिला र २९८ पुरूष गरी ५४६ जनाले मानसरोवर कैलाश दर्शन गरीसकेका छन् ।
०८१ साल चैत ४ बाट सिमकोट विमानस्थल हुदै भारतीय तीर्थयात्री भित्रिन सुरू भएको हो । नाका खोलिएयता ५४६ जनाले हुम्ला हुँदै चीनको मानसरोवर कैलाश दर्शन गरेको सिमकोट सुरक्षा गार्ड प्रहरी चौकी इन्चार्ज गणेशबहादुर डाँगीले जानकारी दिएका छन् ।
हेलिकप्टरबाट २८९ जना र अन्य गाडीबाट हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न गएक छन् । तेस्रो मुलुकबाट १०३ जना सिमकोट विमानस्थल हुँदै भित्रिएको डाँगीले बताए ।
दैनिक सीता, समिट, तारा एयरलाइन्सबाट नेपालगन्ज हुँदै भारतीय तीर्थयात्री हुम्ला आउन गरेका छन् । सिमकोट विमानस्थलबाट हिल्सासम्म कैलाश, माउन्टेन, प्रभु एयरलाइन्सको हेलिकप्टरले भारतीय तीर्थयात्री ओसारपसार गर्ने गरेका छन् ।


प्रतिकृया दिनुहोस्