विपद् समयमा निजी हवाई सञ्चालनमा सम्झौता
काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग गर्ने बारेमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच गृहमन्त्रालयमा आयोजित कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने बताए ।
काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर सेवा लिनुपर्ने र अपरेशन शुल्क लिएर उद्दार गरिने सम्झौतापत्रमा उल्लेख छ ।
काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम भयो र नागरिकको उद्दार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने कार्य अत्यन्त महत्वपूर्ण भएको छ । देशको सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा नै छ ।
काठमाडौं उपत्यका बाहिरको उद्दारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकाँही अपर्यात हुन सक्छ । त्यस्तोबेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनुपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने बताए ।
अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने बताए । विगतको अनुभव हेर्दा धेरै ठूलो क्षतिबाट नागरिकको र सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको बताए ।
हस्ताक्षरसँगै राम्रो कामको थालनी गरेको तथा विपद्को अत्यन्तै जोखिम भएको भूगोलमा भएका कारण अहिले मनसुनको प्रारम्भ चरणमा रहेको छौं । मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ । विगतको अनुभवले पनि धेरै ठूलो क्षतिबाट नागरिकको सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने देखाएको छ ।


प्रतिकृया दिनुहोस्