अर्थमन्त्रालय मातहतका कर्मचारीले चेक काट्न नपाउने

अर्थमन्त्रालय मातहतका कर्मचारीले चेक काट्न नपाउने

काठमाडौँ । साउन १ गतेदेखि लागुु हुनेगरी सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको छ ।

यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय गरेको निर्णय अनुसार परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । हाल सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था भएपनि विद्युतीय भुक्तानी अनिवार्य थिएन ।

आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै सो प्रवृत्ति रोकिने भएको छ ।

य गरेको निर्णय अनुसार परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । हाल सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था भएपनि विद्युतीय भुक्तानी अनिवार्य थिएन ।

आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

 

लोकप्रिय