१०प्रतिशत सेवाशुल्कको लागि कानुन बनाउन माग गर्दै देशव्यापी श्रमिक हस्ताक्षर अभियान शुरु

१०प्रतिशत सेवाशुल्कको लागि कानुन बनाउन माग गर्दै देशव्यापी श्रमिक हस्ताक्षर अभियान शुरु

 

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघले १० प्रतिशत सेवाशुल्क कानुनी बनाउन नेपाल सरकारलाई दबाब दिन देशव्यापी श्रमिक हस्ताक्षर अभियान सुरु गरेको छ।
सोल्टी होटलमा आयोजित कार्यक्रममा माओवादी उपमहासचिव शक्ति बस्नेतसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका २५ भन्दा बढी सांसदहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी २५ जना सांसदहरूले हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यवद्धता जनाएका छन्।
संघले भदौ २२ गतेसम्म सातै प्रदेशका मुख्य शहर र ठूला प्रतिष्ठानमा हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई बुझाउने जनाएको छ।
होटल, रिसोर्ट, रेष्टुराँ, फास्टफुड, क्यासिनो, रात्रिकालीन मनोरञ्जन, केबलकार, बञ्जिजम्प, फ्लाइट क्याटरिङ र पार्टी प्यालेससहितका आतिथ्य सत्कार क्षेत्रमा कार्यरत श्रमिकलाई सेवाशुल्क सुनिश्चित गर्न यो अभियान सञ्चालन गरिएको हो।
सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यमार्फत १० प्रतिशत सेवाशुल्क कानुनीरूपमा लागू गर्ने घोषणा गरे पनि अझै पहल नगरेको भन्दै श्रमिक संगठनहरूले असन्तोष जनाएका छन्। संकलित हस्ताक्षर संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (JTUCC) मार्फत नेपाल सरकारलाई बुझाइने मजदुर संघले जनाएको छ।

लोकप्रिय