नेपालको राजनैतिक क्रान्तिमा आदिवासी जनजातीको महत्त्वपूर्ण योगदान छ : उपसभापति गुरुङ
पोखरा । नेपालको हरेक राजनैतिक क्रान्तिमा आदिवासी जनजातिहरुको महत्त्वपूर्ण योगदान रहेको नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बताएका छन् ।
शनिवार पोखराको फिर्के तमु समाजमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कास्की क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले नेपालको हरेक परिवर्तनमा आदिवासी जनजातिहरुको ठूलो योगदान रहेको भन्दै त्यसलाई पछिल्लो पुस्ताले भुल्दै गएको उल्लेख गरे।
इलामको सात खाल्दे भन्ने ठाउँमा २०१९ सालमा तत्कालीन शाही सेनाले सात जनालाई जीउँदै पुरेको प्रसङ्ग जोड्दै उहाँले ती सात जना मध्ये एक जना गुरुङ र ६ जना राई रहेको स्मरण गराउदै नेपालको महत्त्व राजनीति परिवर्तनमा आदिवासी जनजातिहरुको यस्तै सयौं योगदान रहेको स्मरण गराए ।
गणेशमान सिंहलाई सधै लौ पुरुष मात्रै भनेर व्याख्या गरिएको प्रसङ्ग जोड्दै उहाँ जनजाति रहेको कुरा पनि भुल्न नहुने सहभागीहरुलाई पुर्व मन्त्री गुरुङको अनुरोध थियो । अधिकार मागेर मात्रै नपाइने भन्दै अधिकार खोसेर लिनको लागि सबै एकवद्ध भएर संगठित हुन उनले सबैलाई सुझाव दिए।
पछिल्लो समय धेरै बोलेर नेता बनिन्छ भन्ने परिपाटी हावी बन्न खोजेको उल्लेख गर्दै बोलेर नभई कर्म गरे मात्र नेता बन्न सकिने उहाँले बताए। उनले भने ‘जनताको मर्म बुझ्ने मात्रै नेता बन्छ, जनताको मर्म बुझ्नको लागि कर्म गर्नुपर्छ तर पछिल्लो समय चर्का चर्का कुरा गर्दैमा नेता बनिन्छ भन्ने सोचाइ हावी भएको छ । पार्टी लाग्ने बित्तिकै मैले के भन्ने अभिव्यक्ति सुरु हुन थालेको भन्दै राजनीति प्राप्ति भन्दा त्याग सम्झेर लाग्नुपर्नेमा जोड दिए । अहिले नेतृत्वमा पुगेकाहरुपनी ठूलो त्याग र योगदान बाट पुगेको इतिहास भुल्न नहुने सहभागी सबैलाई उनले स्मरण गराए ।


प्रतिकृया दिनुहोस्