पूर्व एआइजी तामाङको, ‘जित्नेहरूको पनि हजार हजार हार हुन्छ…’ गीत सार्वजनिक

काठमाडौ । पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) तथा बरिस्ठ गीतकार टेक तामाङले पछिल्लो नयाँ गीत सार्वजनिक गरेका छन्। गीतकार तामाङले आफ्नो टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि हजार–हजार हार हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
सत्यराज आचार्यको स्वरमा रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका हुन्। म्युजिक भिडियोमा अभिनेता सरोज खनालसँगै यु–२० राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुको अभिनय रहेको छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।
हार र जीत जीवनको अंग भएको सन्देश बोकेको यस गीतले “जित्नेहरुको पनि कहिलेकाहीँ हार हुन्छ” भन्ने जीवनदर्शन प्रस्तुत गरेको छ। यसैगरी आत्तिनु र मात्तिनुहुँदैन भनका छन् । अनि सुखदुःख आइरहन्छ तर सपना बुन्नलाई छोड्नुहुँदैन भन्ने सन्देश दिइएको छ ।
यसअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ पनि नेपाली गीत–संगीत क्षेत्रमा ऐतिहासिक कार्यक्रमको रूपमा रेकर्ड भएको थियो।
प्रतिकृया दिनुहोस्