साना बालबालिकाहरुलाई खेलाउँदै सिकाउने कि !
मथुरा थापा
प्रारम्भिक वाल्यावस्था भन्नाले गर्भावस्था देखि ८ वर्ष सम्मको अवस्था हो । यो मानव जीवनको सबैभन्दा महत्वपूर्ण समयको रुपमा हेरिन्छ । स्नायु विज्ञान सम्बन्धी भएको विभिन्न अनुसन्धान अनुसार जीवनको सुरुवाती वर्षमा मस्तिष्कको विकास सबैभन्दा तीव्र गतिमा हुने भएकाले वालवालिकाको वृद्धि र विकासका लागि प्रारम्भिक वाल्यावस्था अति नै महत्वपूर्ण रहेको हुन्छ ।
युनिसेफ (२०१६) ले प्रकाशित गरेको प्रतिवेदन अनुसार तीन वर्षको उमेरमा एउटा शिशुको मस्तिष्क वयस्कको मस्तिष्क भन्दा दुई गुणा बढी क्रियाशिल हुन्छ भने न्यूरोनहरुले ७०० देखि १००० प्रति सेकेण्डका दरमा नयाँ सम्पर्क स्थापित गरिरहेका हुन्छन् । यसले वालवालिकाको शारिरीक र मानसिक स्वास्थ्य, वालवालिकाहरुको जीवन भरीको सिकाई र परिवर्तन अनुकुल हुने क्षमताको साथै मनोवैज्ञानिक प्रतिरोध क्षमता निर्धारण गर्दछ ।
मानव जीवनका लागि मष्तिष्कको ठूलो महत्व छ जिवनभरीका लागि आवश्यक पर्ने सिकाईका लागि वृद्धि र विकासका लागि मस्तिष्कको विकासले ठूलो महत्व राख्दछ, त्यसैले यो अवस्था अर्थात गर्भावस्था देखि ८ वर्ष सम्मको अवस्था यो अर्थमा पनि निकै महत्वपूर्ण समय हो ।
मस्तिष्क विकासका लागि पहिलो तीन वर्षमा पाउने अवसर पहिलो पाँच वर्षमा पाउने अवसर र आठ वर्षमा पाउने अवसरले निर्धारण गर्छ कि एउटा शिशु भविष्यमा कस्तो बन्दछ शैक्षिक रुपमा कस्तो बन्ने, भावनात्मक रुपमा सामाजिक रुपमा र शारिरीक स्वास्थ्य कस्तो बन्दछ भन्ने निर्धारण गर्दछ । यो उमेरलाई मानव जीवनको जग बसाल्ने उमेर पनि भनिन्छ ।
प्राकृतिक रुपमा पनि यो उमेर समुह भनेको खेल्न मन पराउने उमेर हो घोकेर लेखेर होइन खेलेर सिक्ने उमेर हो । खेल्न पाउँदा रमाउँछन् पनि विभिन्न प्रकारका खेल विधिवाट सिक्न पाउँदा रमाएर सिक्छन् । यो उमेरका वालवालिकाहरुलाई सिकाउँदा गराइने हरेक कृयाकलापमा वालवालिकाको शारीरिक पक्ष, वौद्धिक पक्ष, सामाजिक पक्ष र भावनात्मक पक्षको विकासलाई समेट्नु अति आवश्यक छ, जसलाई सर्वाङगीण विकास भनिन्छ ।
कक्षाकोठामा वालवालिकालाई सर्वाङगीण विकास हुने कृयाकलापमा सहभागी हुने अवसर दिनु विद्यालयको शिक्षकको र अभिभावकको ठूलो जिम्मेवारी हो । बोर्डमा लेखेको कुरा घोकेर र कपिमा सारेर वालवालिकाको सर्वाङगीण विकास सम्भव हुँदैन, सर्वाङगीण विकास हुनका लागि वालवालिकालाई खेल विधिबाट सिकाउन आवश्यक छ । खेल खेल्दा वालवालिकाहरु बिगार्दै, भत्काउँदै अनि आपैm मिलाउँदै, रमाउँदै सिकिरहेका हुन्छन्, त्यसबाट वालवालिकाहरुको समस्या समाधान गर्ने क्षमताको विकास र सृजनशिलताको विकास हुन्छ, जसबाट वालवालिकाको बौद्धिक विकास हुन्छ ।
खेल खेल्दा वालवालिकाहरुले आफु वरपरका वातावरण, वरपरका वस्तु वा चिजविजको पहिचान गर्छन, र ति वस्तुहरुको आफुसंगको सम्बन्ध कारण र प्रभावको ज्ञान पनि हुन्छ जसबाट साइन्स सम्बन्धी ज्ञान पाइरहेका हुन्छन् ।
खेलबाट वालवालिकाहरुले वस्तुको आकार प्रकार र रङ्गहरुको पहिचान गर्न सिक्छन् । खेल्दा चिजविज वस्तुहरु गन्दै पनि खेली रहेका हुन्छन् जसबाट वालवालिकाले गणित सम्बन्धी ज्ञान पनि पाइरहेका हुन्छन् ।
खेल खेल्दा वालवालिकाहरु अन्तरक्रिया गर्दै समुहमा खेलिरहेका हुन्छन किन, कहिले, कहाँ, कसरी जस्ता प्रश्नहरु सोधेर खेल्छन् जसबाट उनीहरुको भाषाको विकास भईरहेको हुन्छ । खेल्दा दौड्ने, उफ्रने, कुद्ने गर्दा वालवालिकाको ठूलो मांशपेशीको विकास हुने गर्दछ । कतिपय खेलहरु कक्षा कोठाभित्र बसेर पनि खेल्छन् जस्तै, blocks, leggos, memory games, Card games हरु यसबाट उनीहरुको eye, hand co-ordination हुने गर्दछ साना मांशपेशीय विकास जसवाट वालवालिकाहरुको शारिरीक विकास हुने गर्दछ ।
खेलेको माध्यमबाट वालवालिकाहरुले बाँडेर लिन र पालो पर्खन सिक्छन्, नियम पालना गर्न सिक्छन्, समुहमा खेलिने भएकाले खेल्दा एक अर्का संग मिलेर खेल्न सिकिरहेका हुन्छन् यसबाट वालवालिकाको सामाजिक सिपको विकास हुने गर्दछ, वालवालिकाको नेतृत्व क्षमताको पनि विकास हुने गर्दछ ।
जिन्दगीमा सधैं जितमात्र पनि हुँदैन कहिले हार पनि हुन्छ, खेल्दा वालवालिकाले कहिले जित्छन कहिले हार्छन् । जित्दा खुसी व्यक्त गर्दछन् भने हार्दा पनि आफुलाई सम्हाल्न Self control गर्न सिकिरहेका हुन्छन्, यसरी खेल्दा वालवालिकाको आफ्नो भावना व्यक्त गर्न पाउँदछन् यसवाट वालवालिकाहरुको भावनात्मक विकास भईरहेको हुन्छन् । प्राकृतिक रुपमा पनि वालवालिकाहरुलाई खेल्न मन पर्छ । खेलेर सिक्न पाउँदा रमाउँदै सिक्छन् ।
२ देखि ८ वर्ष सम्मका पूर्व वाल्यावस्थाका वालवालिकाहरुलाई सिकाउनका लागि प्रभावकारी माध्यम भनेको नै खेल विधि हो । कपीमा लेखेर र किताबबाट घोकेका कुरा वालवालिकाहरुले एकछिन मै बिर्सन सक्छन् तर खेलेर, रमाउँदै सिकेको आफ्नै हातले छोएर, छामेर, मिलाएर, विगारेर आफैँ Involve भएर सिकेका कुरा उनीहरुले सहज तरिकाले सिक्न सक्छन् ।
बालकले जति चाँडो पढ्न र लेख्न सक्छ, त्यति नै राम्रो भनेर धेरै वर्षसम्म विश्वास गर्ने गरिन्थ्यो । ३, ४, ५, वर्षका बालबालिकाहरु सुक्ष्म माँसपेशीय सीपको विकास नगराई कलम समाउन र अक्षर लेख्न सिकाउनु ज्यादै गाह्रो काम हो ।
समाज अभिभावक र विद्यालयको इच्छा पूरा गरिदिन बालबालिकाहरुले किताबको भारी बोक्नुपर्छ, जानी–नजानी परिक्षामा लेख्नुपर्छ र कुनै कुरा राम्ररी नबुझी उनीहरुले कण्ठ पार्नु पर्ने हुन्छ ।
प्राकृतिक रुपमा पनि यो उमेर (२ देखि ८ वर्ष) भनेको खेल्ने उमेर हो, खेलेर सिक्ने उमेर, खेल्न मनपर्ने उमेर हो, खेल्दै, उफ्रिदै, दौडिदै, सिक्ने उमेरका असाध्यै active बालकालिकाहरुलाई hand fold गरेर बस्नु पर्ने, teacher ले board मा लेखेको कुराहरु हेरेर पढ्ने, घोक्ने, वोर्डमा लेखेको कुराहरु कापिमा सार्नुपर्ने, जाने पनि नजाने पनि सकेपनि नसके पनि homework गर्नु पर्ने नगरेमा शिक्षकले punishment दिने यसो गर्दा बालबालिकाहरुलाई विद्यालय जानै मन नलाग्ने र विस्तारै सिकाई प्रति नै नकरात्मक धारणाको विकास हुदै जाने हुनाले विस्तारै विद्यालय जानै मन नपराउने, सानो हुँदा सम्म त अभिभावकले जसरी पनि कराएर, फकाएर, थर्काएर, डर देखाएर पनि विद्यालय पु¥याउँछन, जब विस्तारै उनीहरु ठूलो हुँदै जान्छन, अभिभावकले भनेको पनि मान्दैन्न, अभिभावकले फकाएर पनि लाग्दैन, उ विद्यालय जानै छोडिदिन्छ । विभिन्न अध्ययनले प्रमाणित गरेको छ कि school drop out सङख्या बढ्दै जानुको मूख्य कारण यो पनि एक हो ।
खेल बालबालिकाका लागि सिकाई, वृद्धी र विकासका लागि आवश्यक एउटा प्राकृतिक र वास्तविक प्रकृया हो । खेलद्धारा नै बालबालिकाले आफ्नो र आफ्नो वरपरको संसारको बारेमा सिक्छन् । खेल बालकको शारिरीक, भावनात्मक, बौद्धिक र सामाजिक विकासको निम्ति आवश्यक छ ।



प्रतिकृया दिनुहोस्