भोटेकोशीमा स्थानीयको शेयर जेन–जी समूहले लियो

भोटेकोशीमा स्थानीयको शेयर जेन–जी समूहले लियो

 

काठमाडौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर जेन–जी समूहले लिएको छ । जेनजी समूहले सित्तैमा १० प्रतिशत सेयर पाउनुपर्ने भन्दै एक महिना दुई दिन बन्द आयोजना बन्द गरेसँगै जेन–जी समूहलाई शेयर दिन आयोजना बाध्य भएको हो ।
जेन–जी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडको नाममा प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर दिने सम्झौता भएको छ ।
जेनजी आन्दोलनपछि गत भदौ २५ गतेदेखि आयोजनाको सित्तैमा १० प्रतिशत सेयर माग गर्दै विद्युत उत्पादन बन्द नै गरेका थिए ।
लामो समयदेखि आयोजना बन्द हुँदा ठुलो आर्थिक क्षति परेकाले स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत सेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत सेयर जेन–जी समूहलाई दिने सम्झौता गरिएको बताइएको छ ।

लोकप्रिय