टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
भियोमाको धमाकेदार प्रस्तुति बीच पुष्पलाल मेमोरियल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत
ओरिएन्टेसन कार्यक्रममा भियोमाले तताए विद्यार्थी, उत्कृष्ट पूर्वविद्यार्थी सम्मानित
काठमाडौं । काठमाडौंको चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेजले नयाँ शैक्षिक सत्रका नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै भव्य ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आयोजना गरिएको कार्यक्रममा मनोरञ्जन, प्रेरणा र सम्मानलाई एकसाथ जोडिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय र्यापर भियोमाको दमदार सांगीतिक प्रस्तुति रह्यो। उनले आफ्ना चर्चित र्याप गीतहरू प्रस्तुत गर्दै हलभरिका विद्यार्थीलाई नाच्न, गाउन र उत्साहका साथ नयाँ शैक्षिक यात्राको सुरुआत गर्न प्रेरित गरे। उनको ऊर्जावान प्रस्तुति कार्यक्रमकै सबैभन्दा चर्चित क्षण बनेको थियो।

कार्यक्रममा चर्चित चलचित्र निर्देशक नविन चहानको विशेष उपस्थिति रहेको थियो भने बाल कलाकारहरूले समेत सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रम सञ्चारकर्मी रुपा खड्काले सञ्चालन गरेकी थिइन्।

यस अवसरमा पुष्पलाल मेमोरियल कलेजबाट अध्ययन पूरा गरी शिक्षा, प्रशासन, व्यवसाय, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कलेजले आफ्ना सफल पूर्वविद्यार्थीहरूलाई सम्मान गर्दै वर्तमान विद्यार्थीलाई पनि प्रेरणा दिने प्रयास गरेको जनाएको छ।

पुष्पलाल मेमोरियल कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने तथा टीयू टपर उत्पादन गर्ने कलेजका रूपमा परिचित छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक, आधुनिक शिक्षण प्रविधि, बिहानदेखि साँझसम्म सञ्चालन हुने कक्षा, अतिरिक्त क्रियाकलाप, रोजगारी तथा इन्टर्नसिप सहजीकरणजस्ता विशेषताका कारण कलेज विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ।

कलेजले नेपाली र अंग्रेजी भाषासँगै विद्यार्थीको आवश्यकता अनुसार अन्य विदेशी भाषाका विशेष कक्षासमेत सञ्चालन गर्दै आएको छ। पछिल्ला वर्षहरूमा छात्रवृत्ति सुविधा, व्यावसायिक सीप विकास तथा विविध शैक्षिक अवसरका कारण विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको कलेज प्रशासनले जनाएको छ।

नयाँ विद्यार्थीलाई आत्मविश्वास, प्रेरणा र उत्साहका साथ शैक्षिक यात्रामा अघि बढ्न उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कलेजले जनाएको छ।






लेखकको सम्वन्धमा