गोकर्णेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न, नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने पहल
काठमाडौं । गोकर्णेश्वर इसाई समाजको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
२०८३ साल कात्तिक ८ गते आइतबार होसन्ना मण्डली नेपालमा आयोजित उक्त कार्यक्रम मेडिकल कलेजसँगको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले “रक्तदान नै जीवनदान हो” भन्दै यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रम धेरैभन्दा धेरै आयोजना गर्नुपर्नेमा जोड दिए।
उनले रक्तदानले रगतको अभावमा जीवनमरणको अवस्थामा पुगेका बिरामीलाई जीवन बचाउन सहयोग पुग्ने उल्लेख गर्दै रक्तदानजस्तो पुण्य कार्यमा सबैलाई सहभागी हुन आग्रह गरे।
नगर प्रमुख रिसालले गोकर्णेश्वरवासीले रगतका लागि पैसा तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था रहेको जानकारीसमेत दिए। उनले आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध हुन सकेमा बिरामी तथा तिनका परिवारलाई ठूलो राहत पुग्ने बताए।
रक्तदान कार्यक्रमले समुदायमा मानवीय सेवा, सामाजिक सद्भाव र परोपकारको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। रक्तदानप्रति जनचेतना बढाउँदै आवश्यकतामा परेका बिरामीलाई रगत उपलब्ध गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइएको छ।
गोकर्णेश्वर इसाई समाजको आयोजनामा सम्पन्न कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै रक्तदानको महत्वबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

लेखकको सम्वन्धमा