महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान

महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान

 

ललितपुर । महालक्ष्मी नगरपालिकाद्वारा आयोजित चिनियाँ भाषा कक्षा समापन कार्यक्रम सम्पन्न भएको छ।

नगरवासीको भाषा सीप, ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कक्षा समापन कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जनलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले चिनियाँ भाषा सिकेका सम्पूर्ण सहभागीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।

भाषा सिकाइले नयाँ अवसर, ज्ञान र सम्भावनाका ढोका खोल्ने विश्वास व्यक्त गर्दै नगरवासीको आवश्यकता र मागअनुसार सीप तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

नगरपालिकाले नगरवासीलाई सीपयुक्त, सक्षम र अवसरसम्पन्न बनाउने लक्ष्यसहित विभिन्न सीपमूलक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

चिनियाँ भाषा सिकाइले सहभागीलाई भाषा ज्ञान हासिल गर्नुका साथै भविष्यमा अध्ययन, रोजगारी तथा अन्य अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लोकप्रिय