थापाको मुख्यमन्त्री यात्रा : चुनौतीलाई चिर्दै अवसरमा बदल्ने

थापाको मुख्यमन्त्री यात्रा : चुनौतीलाई चिर्दै अवसरमा बदल्ने

 

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनु भएका किरण थापा मगरले चुनौतीलाई अवसरमा बदल्ने अठोट लिनुभएको छ । दुईवर्ष स्वास्थ्य मन्त्री भएर कार्य गर्दा १३ वटै जिल्लाका भौगोलिक अबस्था, स्वास्थ्य, शिक्षा, विकास र रोजगारीको अबस्थालाई नजिकबाट नियाल्नु भएको छ ।
जनताको सुखदुःखलाई नजिकबाट नियाल्नु भएका उहाँले स्वास्थ्यको क्षेत्रमा गरेको कार्य जस्तै प्रदेशका सबै जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रको विकाससंगै युवा रोजगारलाई जोडेर लैजाने कार्यक्रमहरुलाई अगाडि बढाउने उहाँको प्रतिबद्धता छ ।
पर्यटनको विकासलाई जोडेर रोजगार बृद्धि गर्ने, प्रबिधि र सीपलाई जोडेर युवा रोजगार बृद्धि गर्ने, हातहातमा प्राबिधिक एव सीपमुलक तालिम प्रदान गर्ने र युवामैत्री अभियानलाई अगाडि बढाउने उहाँको लक्ष्य छ ।
जनताको आवश्यकता, अपेक्षा र भावनामा रहेर काम गर्ने अठोटका साथ मुख्यमन्त्रीको पदलाई अवसरमा बदल्दै छोटो समय करिब १६ महिनाका अबधीलाई जनतामा समर्पित रहेर काम गर्ने उहाँको योजना छ ।
शुशासन र पारदर्शिता अर्को उहाँको लक्ष्य हो । जनताको काम यो वा त्यो बाहनामा रोक्ने प्रबृत्तिको अन्त्य गर्दै शुसासन कायम गर्ने र जनताको मनमा परिवर्तनको आभाष दिलाउने बताउदै उहाँले भ्रष्टाचार नियन्त्रणको लक्ष्य लिन भएको छ । आफै पनि सेतो दौरा सुरुवाल लगाएर खाएको सपथ आफूले पद छोड्दा पनि सेतै राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीइ सरकारको समन्वयलाई अगाडि बढाउदै विकासलाई तिब्रता दिने बताउनुभयो ।
स्थानीय सरकारसंग समन्वयमा हुने कुनै पनि कामलाई उपलब्धीमा पुर्याउने उहाँको लक्ष्य छ । आफ्नो कार्यकाललाई सफल जनमुखीरुपमा नमूनाको बनाउने उहाँको लक्ष्य रहेको छ ।

 

लोकप्रिय