भक्तपुर कांग्रेसलाई अधिवेशनको चटारो
काठमाडौ । आसन्न चौधौ महाअधिवेशनमा नेपाली कांग्रेस भक्तपुर पनि जम्–जमाउँदैछ । भक्तपुर जिल्लाको चार नगरपालिका, चारवटै प्रदेशसभा सदस्य र २ वटा संघीय संसदीय क्षेत्र रहेका छन् । यी चारवटा नगरपालिका आ–आफ्नै प्रदेश सिमाक्षेत्र देखिएपनि चाँगु नारायण भने प्रदेश सभा भक्तपुर नगरपालिकाको १० नम्वर वडा सम्मिलित छ ।
नेपाली कांग्रेस महाअधिवेशनमा भक्तपुर आधा सय प्रतिनिधिले प्रतिनिधित्व गर्छन् । त्यस्तै प्रदेशका साठी सदस्यहरु रहन्छन् । तर तिनको आकर्षण भक्तपुरका कांग्रेस नेताहरुमा दैँखिदैन । केन्द्रीय नेताहरु मात्र महाअधिवेशन प्रतिनिधिमा आ–आफ्ना पक्षमा प्रतिनिधि वढी आउन भनेर प्रयत्न गर्नु स्वाभाविकै हो । तर भक्तपुरका अगुवा कार्यकर्ता भने यो अधिवेशनमा हाईट भएका कार्यकर्ताहरु जिल्ला सभापति हुने तिगडममा छन् भने कनिष्ठ चाही नगर सभापति वन्ने होडमा दगुरेका देखिन्छन् ।
भक्तपुर जिल्लाको सदरमुकाम उत्तरतर्फ रहेको ऐतिहासिक राजामानदेवको राजधानी मानिएको चाँगु नगरपालिका कांग्रेस नगर सभापतिको निमित्त फेरि यो पटक पनि नगर सभापतिमा वर्तमान सभापति तथा २ नं. वडाबाट नगरपालिका नगर निर्वाचित वडाअध्यक्ष शिवहरी के.सी. सभापतिको उमेद्वार बन्ने कसरत गर्दैछन ।
त्यस्तै चाँगु नगरपालीको समायोजन पूर्व नगरकोट नगरपालिका हुँदा त्यस्का सभापति रही सकेका अर्का जुझारु युवा नेता यादव प्रसाद अधिकारी पनि सभापति वन्न तम्सीएका छन् । चाँगु वडा न २ कै निर्वाचित नगर सदस्य शोम प्रधान पनि सभापतिको उम्मेद्वार बन्दैछन् । सशक्त प्रतिस्पर्धी प्रधान सभापति बनेर चाँगुनारायणको आगामी मेयरमा कांग्रेसलाई जित दिलाउन आकाँक्षा आफ्नो भएको प्रधान वताउँछन् । यदाकदा उक्त नाममा उमेश खड्का, श्रीहरी कार्की पनि नगर सभापतिमा दावेदारी गरी रहेका छन् ।
त्यस्तै भक्तपुर जिल्लाको पहिलो नगरपालीकामा कांग्रेसले अहिले सम्म केही वडामा पहिले पहिले जित हासिल गरेपनि मेयर उपमेयरमा कडा प्रतिस्पर्धा गर्न सकेको छैन । यो नगरमा मेयर जित्ने भन्दापनि कांग्रेसले कर्मकाण्डी हिसावले अधिवेशन गर्ने परम्परा मात्र कायम राखेको छ ।
जिल्ला र क्षेत्रिय अधिवेशनमा जित्ने जिताउने कार्यमा मात्र याहाका कार्यकर्ता सिमित देखिएका छन् । तथापी भक्तपुर नगरपालीका स्व श्री कृष्ण शाख, स्व द्धारिकाभक्त जोशी, स्व शुवर्ण लाल बल्ल, स्व शिद्धि लक्ष्मी करंजित, स्व ओम प्रकाश भुजु , स्व लक्ष्मी नारायण मानन्धर, स्व आशाकाजी दुवाल, स्व गणेश भक्त शाख जस्ता विर विरांगनाले सिंचित नगरपालिका हो ।
अहिले पनि तिलक कायस्थ, गोविन्द कृष्ण जोशी जस्ता जिउँदा सहिद साथै विनोद कायस्थ,गणेश कुमार प्रजापती जस्ता जुझारु नेता तथा बावु राजा जोशी र दयामान कर्मचार्य जस्ता वौद्धिक नेताले यस नगरमा प्रभाव पार्न सक्छन् ।
सुरेश प्रधान , उदयराम श्रेष्ठ, हरि बल्ल, कृष्ण शाक्य, राजेश स्वङ्गामिखा, हरि कृष्ण भुजु, रविन्द्र प्रधान, शिव अवाल, राम कासुला, सुनिल चित्रकार, अनिल भुजु जस्ता होनहार युवाहरुले यस नगरमा आपसी तालमेल र समझदारी गरी बढेमा नारायण तमखु, राजेन्द्र तमखु र क्रषि तिमिलालाई साथ लिएर गएमा अभैद्ध ठानिएको भक्तपुर किल्ला सहजै जित हाँसिल गर्न सकिन्छ । आसन्न अधिवेशनमा भक्तपुर नगरमा सभापतिको दौडमा रबिन्द्र प्रधान, शिव अवाल, अनिल भुजुले प्रतिस्पर्धा गर्ने चर्चा ब्यापक छ ।
त्यस्तै सुर्य विनायक नगरपालिकामा पनि यो अधिवेशनको दौड रोचक मोडमा पुगेको छ । जिल्लाका हर्ताकर्ता सचिवरहेका निशान ढुङ्गेल (कटुन्जे) आफुलाई नगर सभापती उम्मेदवारको दावेदारको रुपमा प्रस्तुत गरिरहेका छन् । साथै प्रतिभाशाली युवा रबि राणा (वालकोट)ले पनि सभापतीको उमेद्वारी घोषणा गरेका छन् ।
मौकामा चौका हान्ने सुरमा अर्का जुझारु र संकटकालमै नेविसंघको जिल्ला नेतृत्व सम्हाली सकेका धर्मराज कार्की पनि सभापतीको दौडमा रहेको देखिन्छ । झिनो मतान्तरले अघिल्लो निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेस यसपाली सहजै सुर्यविनायक नगरपालीकामा विजय हुने यस क्षेत्रका कांग्रेसीहरुको निश्कर्ष रहेको छ ।
भक्तपुर जिल्लाको दोश्रो पुरानो नगर र नेपाली कांग्रेसको भोटबैंक ठानिएको मध्यपुर थिमी नगरपालिका नगरसभापतिमा पटक पटक दोहो¥याउने मनस्थितीमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ देखिएका छन् । त्यस्तै अघिल्लो पटकमा निकटम प्रतिद्वन्द्वी हरि दास प्रजापती यस पटक टिम वदलेर फेरी सभापतिमा उठ्ने निश्चित देखिएको छ ।
अनिल श्रेष्ठलाई पनि गतिलो व्याक सर्पोट देखिन्छ भने सवै भन्दा पुरानो लडाकु ओम श्रेष्ठले पनि नगर सभापतिको दौडमा प्रत्याक्षी वन्दैछन् । जिल्ला सभापति बन्ने होडमा पुगेका नेताहरु कांग्रेसको भोटबैंक मानिएको मध्यपुर (थिमीमा) कांग्रेसको नेतृत्वमा प्रतिष्ठाको विषय वनाएर उम्मेदवार बनाउँदैछन् ।
जिल्ला सभापति दुर्लभ थापाले सुरेन्द्र श्रेष्ठ, दुर्लभ थापाका निकटम प्रतिद्वन्द्वी अष्ट कवेले अनिल श्रेष्ठ निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधरले हरि दास र पूर्व सभापति महेश श्रोष्ठले ओम श्रेष्ठलाई आफ्नो उम्मेदवार बनाउने र आफ्नो प्रतिद्वन्द्वीलाई जिताउन अर्को क्याम्पको सहयोग लिने रणनीति गरेका देखिन्छ । रमाईलो पक्ष चार मध्ये तीन उम्मेदवार बालकुमारीमा रहेका छन् ।
त्यस्तै जिल्ला सभापति जिल्ला सभापति दुर्लभ थापा दोहो¥याउने वा केन्द्रतिरै जाने मझधारमै रहेको देखिन्छ । भन्ने कुरो आएको छ । गणेश मान चक्रधर, विनोद कायष्थ , महेश श्रेष्ठ, मदन कृष्ण श्रेष्ठ जिल्ला सभापति वन्ने दौडमा केन्द्रत देखिन्छ । तोकिएको मितिमा अधिवेशन नहुने निश्चित भएसँगै कानुन र संविधानमा कङ्ग्रेस छिद्र खोजेर विधिवत रुपमा अधिवेशन अनुकुल सम्पन्न गर्न नेतृत्व लागि परेको छ ।
जिल्लामा आफु आउन आफ्नो अनुकुल बनाउन वडा तहमा नै पुराना जुझारु र ऐतिहाँसिक व्यक्तित्वहरुलाई पक्ष विपक्ष बनाएर प्रतिनिधि मै वंचित समेत गर्ने प्रयास देखिन्छ । सरसर्ती हेर्दा भक्तपुर कांग्रेस अधिवेशनको लागि तात्दैछ । अहिले नै नभएपनि छिट्टै १४ औं महाधिवेशन हुनुपर्ने वाध्यात्यामक अवस्थामा कांग्रेस पुगिसकेको छ ।
आफ्नो टिम ल्याउन, आफु जित्न र आफ्नो अनुकुल पार्टी सञ्चालन गर्ने महत्वकांक्षा छोडेर पार्टी सवैको हो । सवै मिलेर अगाडी वढाउनुपर्छ भन्ने भावना विकास हुदैँ गयो भने सहमति, समझदारी र सहकार्य भएरमात्र कांग्रेसको भविश्य उज्जल देखिन्छ ।
अहिले नै एउटाले अर्कोलाई सिद्धाउने पत्ता साफ गर्ने कोसिश गरेमा अधिल्लो निर्वाचनमा मध्यपुर नगरमा वडा र उपमेयर कांग्रेसको हातमा एउटामात्र वडाअध्यक्ष जितेको नेकपा एमालेसंग मेयर पद जस्तै विडम्वना दोहोरिँदैन भन्न सकिन्न ।
यसबीच नेपाली कंग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुकै बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले तोकिएकै मितिमा अधिवेशन हुने ठोकुवा गरेका छन् । उता उनकै टिमको नेताहरु भाद्रमा अधिवेशन सम्भव नभएको बताउँदै आएका छन् । अब अदालतले शुन्य समय मानेको कोरोना कालको आठ महिनालाई उपयोग÷व्याख्या गरेर झण्डै ६ महिना महाधिवेशन मिति सार्ने साजिस हुन थालेको जानकारी प्राप्त भएको छ ।
प्रतिकृया दिनुहोस्