आज नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै : मन्त्रीकाे नाम टुंग्याइने
काठमाडाै – नेकपा माओवादी केन्द्रले आज सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको छ।
आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हाे ।
पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक बस्न लागेकाे बताइएकाे छ ।
आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो ।
यस्तै सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा स्थायी कमिटीलाई नै छ, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइनसकिएको नेता नारायणकाजी श्रेष्ठ बताउँछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । माओवादीले ७ मन्त्रालय पाउने भनिएको छ ।
प्रतिकृया दिनुहोस्