कांग्रेस सभापतिमा कसको सम्भावना बढी ?
काठमाडौ । नेपाली कांग्रेसले अब छिटै आफ्नो महाधिवेशन गर्नुपर्दछ । डेढ बर्ष अगाडि नै गर्नुपर्ने महाधिबेशन विविध कारणले हुन सकेन । पछिल्लोपल्ट घोषणा गरिएको भाद्र १६–१९ को मितिमा पनि बिधवत रुपमा नहुने निश्चित भएको छ ।
आजको मितिसम्म क्रियाशिल सदस्यताको टुँगो लागेको छैन । जसको कारण श्रावण १२ गते गाउँ र नगरको वडा तहको हुनुपर्ने अधिवेशन समेत हुन सकेको छैन । अब भाद्रमा नयाँ प्रतिनिधिबाट अधिबेशन हुने सम्भावना देखिँदैन ।
संबैधानिक व्यवस्था अनुसार अघिल्लो अधिवेशनको समयावधि गणना गर्दा भाद्रभित्र अधिवेशन अनिवार्य छ । पर्याप्त समय छउन्जेल आलटाल गरेको परिणाम कांग्रेस अहिले कठिन मोडमा उभिन पुगेको छ ।
कोरोनाको कारण सर्वोच्चले शुन्य समय भनेको आधार समातेर निर्वाचन आयोगसंग थप समय माग्ने र अनुकुल समयमा चौंधौ अधिवेशन गर्ने वा पुरानै अधिबेशन प्रतिनिधिलाई डाकेर बिशेष अधिबेशन गर्ने वा तोकिएको मितिमा उद्घाटन गरेर लम्ब्याउने वा संविधानको छिद्र खोजेर कुनै उपाएले समयाबधि थप्ने बिषयमा, मोडलमा खुराफाती दिमाग लगाउन कांग्रेस नेतृत्वको ध्यान केन्द्रीकृत भएको छ ।
समय मै अधिबेशन गर्न नसक्नु नेतृत्वको कमजोरी हो । कसको कारण समयमा भएन भनेर दोष खोज्नु भन्दा उपयुक्त बाटो निकालेर अधिबेशन गर्नु बुद्धिमानि हुन्छ । जे होस केहि समय ढिलो चाँडो अधिबेशन अवश्यम्भावी छ ।
आसन्न चौंधौ अधिबेशनमा सभापती बन्न नेताहरु को दौडधुप पनि बाक्लिएको छ । अघिल्लो अधिबेशनमा पराजित राम चन्द्र पौडेल मात्र होईन, शेखर कोइराला र गोपालमान श्रेष्ठ समेतले सभापति बन्ने चाहना देखाएका छन् । अर्जुननरसिंह केसीले मात्र हैन डा. रामशरण महत पनि सभापति पदको आकाँक्षी देखिएका छन् ।
१३ औंं अधिबेशनका सशक्त अर्का प्रत्याशी कृष्ण प्रसाद सिटौला पनि उम्मेदवार हुने देखिन्छन् । उता अत्याधिक मतले अघिल्लो अधिबेशन जितेका बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सभापतीमा दोहोर्याउने ईच्छा गरिसक्नु भएको छ ।
आगामी सभापती आकांक्षीहरुको लाममा सशक्त उपस्थिति तीन कुमार महारथिहरुको छ । ती तीन महारथिहरु, आफ्ना पिताहरुको बिरासत सम्हाल्दै आउनु भएकोछ । ३ नै जनाले पार्टीको उपल्लो तहको जिम्मेवारी कुशलताका साथ निभाउनु भएको छ । ती तीन कुमारहरु सर्वमान्य नेता श्री गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह, मधेशका महान नेता महेन्द्र नारायण निधिका सुपुत्र बिमलेन्द्र नीधि र महामानव विश्वेश्वर प्रसाद कोइरालाका पुत्र डा.शशांक कोइराला ।
दक्षिण एशियाको राजनीतिमा परिवारवाद हावी नेपाली कांग्रेसमा मात्र हैन, भारत, पाकिस्तान, बंगलादेश सवैतिर ब्याप्त छ । नेपालमा त झन् परिवारवादको ठाडो बिरोध गर्ने स्व. मदन भण्डारी कै श्रीमतीले बिभिन्न पद प्राप्ती जग जाहे नै छ ।
त्यसोत, शेरबहादुरको शिकार गर्न निस्किएका तीन कुमारहरु एक भएर लडे भने रामचन्द्र पौडेल, शेखर कोइराला र अर्जुननरसिंह केसीले पनि साथ दिए कृष्णप्रसाद सिटौलाले सारथिको भूमिका ईमान्दारिका साथ निभाए भने शेरमात्र शेरबहादुरको शिकार सम्भव होला । अन्यथा शेरबहादुर कमजोर ठानेर आपसी एकता कायम नभए यसै भन्न सकिन्न ।
उता शेर बहादुरले पनि पौडेललाई सिंगै भित्र्याउने, सिंहलाई आफ्नै पासोमा पार्ने निधिलाई उम्कन नदिने रणनिति भरपुर गरिरहेको विश्लेषण गर्न थालिएको छ । अधिबेशन हो जे पनि हुन सक्छ । राजनीति युद्व हो, युद्व जसरी लडे पनि जित्नु एक मात्र उदेश्य हो । बिपक्षी सवै एक ठाउँमा बस्लान वा शेरको गर्जन सुन्नासाथ छिन्न भिन्न हुन्छन त्यो त छिटै देखिनेनै छ ।
प्रतिकृया दिनुहोस्