फाप्लु अस्पतालमा बिरामीको चापले सेवामा प्रभावित

फाप्लु अस्पतालमा बिरामीको चापले सेवामा प्रभावित

काठमाडौं । सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या हुने गरेको छ । अस्पताल १५ शय्या भएकोले दैनिक ५० बढी बिरामी भर्ना हुँदा प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत दिन समस्या परिरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो र असन्तुलित बनाएको छ ।

लोकप्रिय