तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण

तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशन लगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । महासचिव हिरामान लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

चौतारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी नेपाल अपील गर्दछ ।’ पत्रकार महासंघको यसअघि पटक–पटक समय थप्दा समेत निर्वाचन हुन नसकेपछि अध्यक्ष पोखरेलले राजीनामा दिएका थिए ।

लोकप्रिय