कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

काठमाडौं । कतार एयरवेजले मंगलबार (भोलि) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।

लोकप्रिय