मानव तस्करको फन्दामा एक करोडसम्म खर्च गरेर अमेरिका पुगेका नेपाली स्वदेश फिर्ता

मानव तस्करको फन्दामा एक करोडसम्म खर्च गरेर अमेरिका पुगेका नेपाली स्वदेश फिर्ता

काठमाडौं । गैरकानुनी रूपमा प्रवेश गरेका नौ नेपालीलाई बुधबार स्वदेश फर्काइएको छ ।

५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका उनीहरू मानव तस्करको फन्दामा १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए ।

अमेरिकी चार्टर्ड विमान मार्फत् एक महिला र ७ जना पुरुषलाई बुधबार काठाडौं उतारिँदा अर्की एक नेपाली महिला भने कतार एयरवेजको नियमित उडानबाट आइपुगेको अध्यागमन कार्यालय जनाएको हो । अमेरिका पुगेको एक वर्ष नबित्दै उनिहरु आधिकारिक कागजात नभएका कारण निष्कासनमा परेका थिए ।

नौ जनालाई नै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ र परामर्शपछि आफन्तको जिम्मा लगाएको छ । सोधपुछका क्रममा उनीहरूले आफूखुसी गएकाले उजुरी गर्नुपर्ने कारण नभएको बताएका थिए ।

लोकप्रिय