मृतक पत्रकार सुरेश रजकको परिवालाई भाटभटेनीले ५ लाख दिने

मृतक पत्रकार सुरेश रजकको परिवालाई भाटभटेनीले ५ लाख दिने

 

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका फोटो पत्रकार पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख दिने भएको छ ।
त्यसैगरी मृतक सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका छन् । राजा फर्काउनुपर्छ भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिसांत्मक आन्दोलनमा परी पत्रकार सुरेश रजक र कीर्तिपुरका स्थानीय सविन महर्जनको मृत्यु भएको थियो।
भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। उनलाई एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको छ ।
राजा फर्काउने भन्दै भएको हिंसा तथा लुटपाटका कमाण्डर दुर्गा प्रसाई यतिबेलासम्म पक्राउ परेका छैनन् । सरकारले प्रसाईंलाई पक्राउ गर्न नसकेपछि नागरिक तहबाट गृहमन्त्रीको राजिनामा माग्न थालिएको छ । प्रसाईले नेतृत्व गरेको आन्दोलनमा पत्रकारको हत्या भएसँगै नेपाल पत्रकार महासंघले देशभर विरोध कार्यक्रम गरिरहेको छ भने कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।

लोकप्रिय