आईपीएम तरबुजाखेतीबाट एक याममा दुई करोडको बिक्री
काठमाडौं । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा– १३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।
बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती किसानले समूहगत रूपमा १४ रोपनीमा सामूहिक खेती गरेका छन् भने व्यक्तिगत रूपमा पनि ठाउँठाउँमा तरबुजाखेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजाखेतीले किसानलाई उत्साहित बनाएको तथा खेतीको सम्भावना बढाएको बताउँदै उनले आगामी वर्ष यहाँका धेरै किसानले तरबुजाखेती गर्ने विश्वास व्यक्त गरेका छन् ।
महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ । महानगरपालिका वडा नम्बर १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै यस वर्ष पोखरामा करिब चार सय टन (दुई करोड रुपैयाँ बराबर)को तरबुजा उत्पादन भएको जानकारी दिएको छ ।
महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि ‘स्टिकर’ तयार गरेको जानकारी दिएका छन् । पोखरामा तरबुजाखेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै महानगरपालिकाले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्