नेकपा एमालेका अध्यक्ष आज चितवन पुगे
- dainiksamaj
- २०७८ मंसिर ९, बिहीबार
-
380 Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिदेखि सुरू हुने पार्टीको १० औं महाधिवेशमा सहभागी हुन चितवन पुगेका छन् ।
महाधिवेशनमा सहभागी हुन अधिकांश नेता कार्यकर्ता चितवन पुगिसकेका हुन् । भीम रावल लगायतका अन्य नेताहरू पनि आजै चितवन पुग्ने भएका छन् ।
यसअघि केही शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन् । चितवन पुगेपछि ओली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहमा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन् ।
नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम बढेसँगै चहलपहल देखिएको छ । एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन् ।
अध्यक्ष केपी शर्मा ओली तथा अन्य नेताहरुको ठूला फोटा सहित सडक किनारमा राखिएका छन् । एमालेको झन्डा समेत बिजुलीका पोलहरूमा राखिएको छ ।
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्