श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान

श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान

उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाएको पाइयो : अध्ययगमन विभाग ।
अध्यगमन विभागकै कर्मचारी संलग्न भएको आशंकामा विभागमा तानिए ।
काठमाडौं असोज ५, श्रम भिसामा कुवेत प्रस्थान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको डेस्कमा उपस्थित भएका एक यात्रुलाई श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरिएको छ ।
अनुसन्धानका क्रममा विभागको नेपाली पोर्ट प्रणाली तथा सिसिटिभी फुटेजबाट निज यात्रु बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको र श्रम स्वीकृति नभएको अवस्थामा समेत अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको तथा तेस्रो व्यक्तिसँग सम्पर्क भएको देखिएको छ । तत्पश्चात् बिहान करिब ७ः१० बजे निजलाई प्रस्थान अनुमति दिइएको खुलेको छ ।
यसैबीच, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीबाट प्राप्त विवरणअनुसार निज यात्रु उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाएको देखिएको छ । यसबाट यात्रुलाई प्रस्थान अनुमति दिइएको समयमा निजको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको प्रारम्भिक रूपमा देखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा निज यात्रु र जापानमा रहेका एक व्यक्तिबीच रकमसम्बन्धी कारोबार भएको तथा सो विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत एक जना अध्यागमन अधिकृतको संलग्नता हुनसक्ने देखिएकोले निज अध्यागमन अधिकृतलाई आजैदेखि जिम्मेवारीबाट अलग गरी विभागमा फिर्ता बोलाइएको जनाएको छ ।
अध्यगमन विभाागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालका अनुसार उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने देखिएकाले सो सम्बन्धमा विस्तृत अनुसन्धान गरी आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा सिफारिश गरी पठाइएको प्रेस विज्ञाप्ति मार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय