काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको लडेर निधन
- dainiksamaj
- २०७९ जेष्ठ २९, आईतवार
-
360 Shares
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको लडेर निधन भएको छ।शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तरबाहिनीस्थित टहरामा बस्ने एक महिलाको लडेर निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन्।
राजेन्द्र श्रेष्ठको जग्गामा टहरा लिएर बसेकी रामेछाप उमाकुन्ड गाउँपालिका-५ घर भई टहरामा बस्दै आएकी ४९ वर्षीया सुशीला खड्काको निधन भएको हो।
गए राति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन्। उनकी बहिनीले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो।
उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताएका हुन्। निधन भएको खबरपछि प्रहरी निरीक्षक विशाल तामाङको कमान्डमा सात जनाको टोली परिचालन भएको थियो।
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
- युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्