युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
काठमाडौं भाद्र ३१, कुलेश्वर आवस परिवार कल्याण संस्थाले बुधबारका दिनमा युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती विशेष कविगोष्टी र विषद चर्चा गरि मनाइएको छ ।
संस्थाका अध्यक्ष राजु दहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अयतिथी स प्रा कोषराज न्यौपानेले नेपाली साहित्यको ईतिहासमा कम उमेरमा धेरै योगदान दिएको,आदिकबी भानुभक्तलाई प्रकाशमा ल्याउनु देखि धेरै काम गरेको बारेमा चर्चा गर्नु भयो ।
संस्था अन्तरगत साहित्य कला समाज,जेष्ठ नागरिक मिलन केन्द्र र महिला समुहको संयुक्त आयोजनामा भएको कार्यक्रमको उदेश्यबारेमा प्रकाश पार्दै सा क स का संयोजक नीलहरी सुवेदीले स्वागत र उद्घोषण सचिव कुशेस्वर जोशीले गर्नुभएको थियो ।
मोती राम भट्ट्को तस्बिरमा मुख अतिथ कोशरज न्यौपानेले माल्यार्पण गरि उद्घाटन भएको थियो ।
कार्यक्रममा मोतीराम सम्बन्धी र हालैको रसुवा भोटेकोसीमा हिमपहिरो र बाढीले गरेको ठूलो धन्जनको क्षतिको पीडाको समेत कविता बाचन भएको थियो ।
कबिता बाचन गर्ने कविहरु– राम बिनय, हरिप्रसाद खतिवडा, तुलसा दाहाल, भिष्मराज ढुङेल, शारदा तिवारी थिए ।
बचित कवितामा समिक्षा तथा मोतीराम भट्ट समेतको बारेमा चर्चा विशेष अतिथि एबम साहित्य सदन रामहिटीका चचिब प्रह्लाद पोखरेल गर्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक समाजका संयोजक लोकनाथ पोखरेल,सल्लाहकार पञ्चकुमारी मानन्धर, योगप्रशिक्षक विद्या लक्ष्मी श्रेष्ठ, सचीव त्रीलोचन जोशी, सल्लाहकार नवीन बहादुर श्रेष्ठ लगायत ठूलो संख्यामा महिला ज्येष्ठ नागरिक, पुरुष जेष्ठ नागरिकहरुको र अन्य सहभागीहरुको उपस्थिति थियो ।
कार्यक्रममा अतिथिहरु र कविहरुलाई खादा तथा मायाको चिन्ह प्रदान गरिएको थियो ।
संस्थाको नियमित कार्यक्रम बारेमा र मोतीराम भट्ट जस्तै अन्य कार्यक्रमहरु पछि संचालन हुने बारेमा जानकारी गराउंदै सम्पुर्ण मा धन्यवाद ज्ञापन गरेर अध्यक्ष राजु दहालले समापनको घोषणा गर्नु भयो ।
अतिथि प्रा.डा.मोहन तिमल्सिनाले मोतीराम भट्टको बारेमा सटिक धारणा राख्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्