झापामा गत आर्थिक वर्ष २०७८र७९ मा १ हजार ९ सय ८८ उद्योग दर्ता
झापा । झापामा गत आर्थिक वर्ष २०७८र७९ मा १ हजार ९ सय ८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता ५ अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका १ हजार ९ सय ८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य १ हजार १ सय ९२ छन् भने सबैभन्दा कम उत्पादनमूलक २ सय ६२ छन् । त्यस्तै सेवामूलक ५ सय ३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत १ हजार ८ सय ८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
दर्ता भएका ती उद्योगको स्थायी पुँजी १ अर्ब ४४ करोड ७९ लाख ३३ हजार र चालू पुँजी ३ अर्ब ६ करोड ७२ लाख ४१ हजार रहेको कार्यालयका उद्योग अधिकृत टंकप्रसाद प्रसाईंले जानकारी दिए ।
दर्ता भएका उद्योगमा १ हजार १ सय ९६ पुरुष र १ हजार १ सय ६६ महिला गरी २ हजार ३ सय ८९ उद्यमी छन् । ती उद्योगबाट १ हजार ४ सय ६ महिला र १ हजार ५ सय ६६ पुरुष गरी २ हजार ९ सय ७६ जनाले रोजगारी पाउने छन् । ती उद्योग दर्ताबापत कार्यालयले ७७ लाख १७ हजार ९ सय रुपैयाँ राजस्वसमेत संकलन गरेको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्