ताथलीको फैढोकामा टपटेन रेष्टुरेन्ट तथा पार्टी भेन्यू सुरू
भक्तपुर । भक्तपुरको ताथलीमा टपटेन रेष्टुरेन्ट तथा पार्टी भेन्यू सञ्चालनमा आएको छ। शुक्रबार विशेष कार्यक्रम आयोजना गरी ताथलीको फैढोकामा सो रेष्टुरेन्ट तथा पार्टी भेन्यूको औपचारिक सुरूवात गरेको हो ।
स्वादिलो खाना तथा खाजा, आकर्षक भेन्यू, उत्कृष्ट आतिथ्य सेवा तथा होम डेलिभरी सुविधासहित ग्राहकलाई सेवा दिन उक्त रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालकले जनाएको छ ।
भेन्यूको पञ्चकन्याहरूले उद्घाटन गरेका थिए । रेष्टुरेन्टमा नेपाली, नेवारी परिकारदेखि विभिन्न स्वादका खाजा र पेय पदार्थ उपलब्ध रहेको छ । विवाह, जन्मदिन, वैवाहिक वर्षगाँठ, अन्य औपचारिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी कार्यक्रमका लागि उपयुक्त हुने गरी पार्टी भेन्यू सजाइएको छ। सञ्चालकहरूले भने, “स्वाद, सत्कार र सन्तुष्टिको संगम नै हाम्रो उद्देश्य हो। ग्राहकले टपटेनमा नयाँ अनुभव पाउनेछन्।”
ताथलीका १० स्थानीयको करिब पौने दुई करोड रूपैयाँ लागतमा सञ्चालनमा आएको सो रेष्टुरेन्टले विशेष छुटको पनि व्यवस्था गरेको छ ।


प्रतिकृया दिनुहोस्