इन्डिगोको उडान टरबुलेन्समा परेपछि ठुलो दुर्घटना टर्योस् यात्रु सकुशल

इन्डिगोको उडान टरबुलेन्समा परेपछि ठुलो दुर्घटना टर्योस् यात्रु सकुशल

काठमाडौं । खराब मौसमका कारण भारतको नयाँ दिल्लीबाट श्रीनगरका लागि उडेको इन्डिगोको उडानले खराब मौसमका कारण तीव्र हावाहुरीको सामना गर्नुपरेको छ ।

बुधबार परिस्थिति खराब भएपछि पाइलटले ठूलो साहसका साथ परिस्थिति नियन्त्रण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । २२० यात्रु सवार विमानलाई पाइलटले श्रीनगरमा सुरक्षित रूपमा अवतरण गरेका थिए ।

इन्डिगो एयरलाइन्सले उडानमा अचानक असिना परेको थियो र सबै प्रोटोकलहरू पालना गर्दै विमानलाई सुरक्षित रूपमा अवतरण गरिएको जानकारी दिएको छ ।भारतीय विमानस्थल प्राधिकरणले असिनाको कारण इन्डिगोको उडान टरबुलेन्समा परेको थियो । विमानको अगाडीको भागमा ठुलो प्वाल परेको छ ।विमानलाई हाल ‘एयरक्राफ्ट अन ग्राउण्ड’ घोषणा गरिएको छ, अर्थात् प्राविधिक निरीक्षण र मर्मत नभएसम्म यसलाई उडानको लागि प्रयोग गरिने छैन ।

 

लोकप्रिय