ट्रम्प प्रशासनसँगको सहकार्य एलन मस्कले तोडे
काठमाडौं । अमेरिकी बिलिनियर एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको सहकार्य छाड्ने भएका छन्।
अमेरिकाको खर्च कटौती निकायका कार्यरत मस्कले सो काम छाड्ने बताएका छन्। यसै वर्ष स्थापित डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा मस्क आबद्ध छन्।
ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल’ विधेयकमा असहमति जनाएपछि मस्कको डोगका कार्यकाल सकिएको हो। सो विधेयक मार्फत सैन्य खर्च बढाउने कुरामा उनको अनुपस्थिति भएको हो।
हरेक वर्ष १३० काम गर्ने गरी मस्कलाई विशेष सरकारी कामदारको रूपमा नियुक्त गरिएको थियो। २० जनवरीका दिन ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले मस्कलाई नयाँ जिम्मेवारी दिएका थिए।


प्रतिकृया दिनुहोस्