आत्मघाती गोलमा बार्सिलोना विजयी

आत्मघाती गोलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेगानेजमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेगानेजलाई १–० गोल अन्तरले जित हासिल गरेको हो । बार्सिलोनाका लागि खेलको ४८औं मिनेटमा लेगानेजका जोर्ज साएन्जले गरेको आत्मघाती गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लेगानेजको ३१ खेलमा २८ अंक रहेको छ लिगमा १९औं स्थानमा रहेको छ ।

लोकप्रिय