पटक पटक चिप्लिने दुर्गेश, सुधार्ने शाह
काठमाडौँ ।
नायक पल शाह र मोडल तथा गायक दुर्गेश थापाको मित्रता बलियो बनेको छ । विगत एक बर्षदेखि यी दुइ नजिक भएका छन् । दुर्गेशले गत बर्षको तिहारमा पलकी बहिनीसँग भाइटिका लगाका हुन् ।
पल र दुर्गेशको मित्रताको चर्चा सांगीतिक बजारमा खुबै हुने गर्दछ । कतिपयले त दुर्गेश जस्तो विवादित मानिससँग पल किन नजिक भएका होलान् भनेर पनि टिप्पणी गर्ने गर्दछन् । तर, यसले यी दुइको मित्रतामा खासै फरक परेको छैन । दुर्गेश सांगीतिक क्षेत्रमा सर्वाधिक विवादमा आउने कलाकार हुन् । उनले, सार्वजनिक गर्ने हरेक गीतदेखि उनका विभिन्न क्रियाकलाप सधै विवादमा आउँछन् मलाई चर्चाको कुनै पनि लोभ छैन । चर्चामा आउनकै लागि मैले फन्डा पनि मच्चाएको होइन । तर, खै के गर्नु नचाहेर पनि म चिप्लिएको हुन्छु ।’दुर्गेश पलको संगतमा आएपछि धेरै सुध्रिएका छन् । पलसँग सल्लाहा नगरी उनले कुनै पनि काम गर्दैनन् । पलले दुर्गेशलाई उनका गीतबाट विवादित शब्द थुप्रै पटक हटाउन पनि लगाएका छन् ।
प्रतिकृया दिनुहोस्