महालक्ष्मी विकास बैंक र ईसेवामनी ट्रान्सफर बिच सम्झौता

महालक्ष्मी विकास बैंक र ईसेवामनी ट्रान्सफर बिच सम्झौता

काठमाडौँ ।
आधुनिक युगमा ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले मिति २०७८ श्रावण २९गते शुक्रवार ई–सेवामनी ट्रान्सफर सँंग सम्झौता गरेको छ । ई–सेवामनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुखकार्यकारी अजेश कोइरालाले र बैंकको तर्फबाट प्रमुखकार्यकारी बोधराज देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सो झै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।
१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधि मैत्रीबनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

लोकप्रिय