न्याय मिल्ला त, बिष्णु खड्कालाई ?

न्याय मिल्ला त, बिष्णु खड्कालाई ?

भक्तपुर-यहि भाद्र ८ गते भक्तपुर कटुन्जे पाण्डुबजार हाईटमा प्रणामी क्याटरिंग र टेण्ट हाउस संचालन गरि बसेका ५५ बर्षिय बिष्णु खड्कालाइ भाटभटेनी सुपर मार्केट कोटेश्वरमा एक मोटर साईकलले ठक्कर दियो ।

घाईते खड्कालाई तत्काल बि एण्ड बि हस्पिटल लगियो । हस्पिटल लगेको तेश्रो दिन गत बिहिवार खडकाको निधन भयो । शुक्रबार पशुपती आर्यघाटमा बिधिबत दाहसंस्कार भयो ।

मृतकको शवमा नेपाली काँग्रेश भक्तपुरका सचिब निशान ढुँगेलले काँग्रेशको चारतारे झण्डा ओढाएर सम्मान गरियो ।

सडक दुर्घटनामा पैदल यात्रुको ज्यान जानु सामान्य घटना हुनै सक्दैन । मोटरसाईकलको तिब्र गतिको कारण खड्काको ज्यान गयो । तर प्रहरी प्रशाशनको अनुसन्धान प्रक्रिया भने सन्तोष जनक नभएको पिडितका आफन्तहरुले बताएकाछन ।

दुर्घटनाको बिषयमा अनुसन्धान गर्ने मुख्य सहयोगि भनेका प्रत्यक्ष दर्सी र सिसि क्यामेरा हो । उक्त स्थानको सि सि क्यामेरा परेवाले बिगारेको प्रहरीको भनाई छ । प्र ३ को २३८१ नं को मोटर साईकल मोटर साईकल घटनास्थलमा लडेको अबस्थामा फेला परेपनि सवारी चालक सम्म प्रहरीको पहुँच पुगेको देखिँदैन । मोटर साईकल चालकलाई पक्राउ गर्न नसक्नु र खोज तलासमा तत्परता नदेखाउनुमा प्रशस्त आशंका उब्जिएको छ ।

घटना पश्चात मोटरसाईकल चालकका आफन्त भन्नेहरु प्रहरी सम्पर्कमा आएका छन् । शुक्रबार मोटरसाईकल पछाडी बस्ने भनिएका ब्यक्ति प्रहरी समक्ष उपस्थितहुँदा उसलाई हिरासतमा लिइएपनि चालक र बाइक साहु सम्म अझै प्रहरी पुग्न सकेको छैन । चालक सिन्धुपाल्चाेक जिल्लाकाे मेलम्ची भन्ने स्थानका स्थानीय गुन्डा रहेकाे स्राेतले बताएकाे छ ।

प्रत्यक्ष दर्शीहरुका अनुसार मोटरसाईकल पछाडी कोहि पनि सवार नरहेकाे खुल्न आएकाे छ । तर उक्त स्थानमा भएको सि सि क्यामेराले काम नदिएको भन्दै प्रहरीले संकास्पद रूपमा चालकलाइ भगाएकाे बुझिएको छ । मोटर साईकल चालक पक्राउ नपर्नु र नजिकका आफन्तहरु मात्र सम्पर्कमा आउनुले प्रहरीकाे कार्यशैलीमाथी संका उत्पन्न भएकाे छ ।

रुचि कम देखाउनुको पछाडी पिडितका पक्षकारहरु चालकको लाईसेन्स नभएको कारण सक्कली चालकलाई बचाएर नक्कली ब्यक्ति फसाउने र न्याय निरुपणमा प्रभाव पार्ने षडयन्त्र ठान्न थालेका छन् ।

पिडितका परिवार र आफन्तहरुलाई पनि धम्किपूर्ण रुपमा केहि क्षतिपूर्ती लिएर कार्वाही टुँग्याउने उपाए पनि अबलम्बन गरिदै रहेको समेत पिडतका छिमेकिहरुको गुनासो गरेकाछन् ।

लोकप्रिय